१६ वैशाख २०८१ आइतबार
image/svg+xml
प्रविधि

ट्विटरले फोटो, भिडियो अपलोडमा अक्षर गणना नगर्ने बनायो

सामाजिक सञ्जाल ट्विटरले मंगलबारदेखि १४० अक्षरको सीमितता खुकुलो पारेको छ। अबदेखि फोटो, भिडियो, पोल, जीफ (ग्राफिक इन्टरचेञ्ज फोरम्याट) फायल अपलोड गर्दा ट्विटरले अक्षर गणना गर्ने छैन। १४० अक्षर सबै लेख्न पाइनेछ।

फोटो, पोल, जीफ फायल सहित ट्विट गर्दा क्यारेक्टर गणना हुने नियमले शब्दको अभिव्यक्ति अप्ठ्यारो भएको थियो। मंगलबारदेखि अमेरिकामा कार्यान्वयनमा अाएको याे नियम नेपालमा पनि लागू भइसकेको छ।

अबदेखि फोटो, भिडियो, पोल, जीफ (ग्राफिक इन्टरचेञ्ज फोरम्याट) फायल अपलोड गर्दा ट्विटरले क्यारेक्टर गणना गर्ने छैन। १४० अक्षर सबै लेख्न पाइनेछ।

गत मेको अन्त्यमा ट्विटरले क्यारेक्टर सीमिततामा सुधार ल्याउने घोषणा गरेको थियो। त्यही घोषणालाई मंगलबारदेखि कार्यान्वयनमा ल्याएको हो। 

लिङ्क सेयरमा पनि ट्विटरले सुधार ल्याएको ट्विटरले उल्लेख गरेको छ। फेसबुक, स्नाप च्याट र वी च्याटले साम्राज्य फैलाएसँगै ट्विटरले नयाँ प्रयोगकर्ता आकर्षण गर्न संघर्ष गर्दै आएको छ। नयाँ नियमपछि प्रयोगकर्ताको आकर्षण बढ्ने विश्वास ट्विटरको छ। सामाजिक सञ्जाल विश्लेषकहरुले ट्विटर सुधारका लागि चालिएको यो कदम सकारात्मक भएको टिप्पणी गरेका छन्। 

'अब ट्विटर प्रयोगकर्ताले कुराकानी गर्न अझ सजिलो हुनेछ। धेरै कुरा सोचिरहनु पर्ने छैन', ट्विटरका प्रडक्ट म्यानेजरले भनेका छन्। 

नयाँ नियम लागू भएको अकाउन्टबाट प्रयोगकर्ताले अब फेसबुकमा जस्तै तस्विर, भिडियो सहित सजिलै सन्देश ट्विट गर्न पाउनेछन्। नयाँ नियमले ट्विटरमा अभिव्यक्ति स्वतन्त्रता अझ फराकिलो बनाइदिने विश्वास गरिएको छ। गत अगस्टले ट्विटरको डाइरक्ट मेसेजको सन्देशमा रहेको सीमितता हटाएको थियो। 

प्रकाशित: ४ आश्विन २०७३ ०९:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App