१६ वैशाख २०८१ आइतबार
image/svg+xml

राज्यका हरेक तप्का, निकाय र अंगहरु असफल भएका छन्: मेयर शाह

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राज्यकाे चरम असफलताका कारणले गर्दा स‌सद भवन अगाडि शरीरमा आगो लगाएर आत्मदाह गर्नुपर्ने अवस्था सिर्जना भएको बताएका छन्। उनले बुधबार आफ्नो आधिकारीक फेसबुक पेज मार्फत यस्तो लेखेका हुन्।

गलत काम गरेर आर्जन गरेको पैसाले मान्छेलाई कहिले पनि सुख हुँदैनः मेयर शाह

'इमानदारी नै उत्तम नीति हो भन्ने सम्झिए जिन्दगीमा धेरै अगाडि बढिन्छ। गलत काम गरेर आर्जन गरेको पैसाले मान्छेलाई कहिले पनि सुख हुँदैन। हामी हिन्दु धर्म, बौद्ध धर्म मान्ने मान्छेहरु हौँ।' उनले भने।, 'हामी पापमा विश्वास गर्छौं, गलत बाटोबाट आर्जन गरेको पैसा सबै पाप धुरीबाट कराउँछ भनेझै ति कुराहरुलाई अब तपाईंहरूले मनन गरेर आचरणमा पनि सुधार ल्याउनु होला।'

बालेनले सर्वोच्चमा तोकिएको म्यादभित्रै बुझाए लिखित जवाफ

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले बालेन नामबाट चलाइरहेको बालेन नामक भेरिफाइड फेसबुक पेज मार्फत् 'नक्सा पास नगरी बनाइएका संरचनाहरुलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौं।'

काठमाडौँका मेयरले नक्सा पास नभएका संरचनामा डोजर आतंक मच्चाए उपत्यका बस्न लायक रहदैनः नेता बस्नेत

‘नक्सापास नभएका घरहरु, संरचनाहरुलाई डोजर लगाएर ठोक भनेर काठमाडौँभित्रका १८ जना मेयरले १८ वटा डोजर लिएर हिँडेभने उपत्यका बस्न लायकको रहँदैन। बस्न नालायक ठाउँ हुन्छ। भागेर जानुपर्छ, निर्माणको होइन, ध्वंसको क्षेत्र बन्छ। मिडियाका ४ हजार साथी लिएर प्रोत्साहन दिए भन्दैमा विधि कानून मिचेर, सिस्टमलाई फलो नगरी क्षतिपूर्ति नदिकन जनतालाई दुःख दिने काम नगरौँ। मैले मेरो जिल्ला, मेरो क्षेत्र नमूना बनाएको छु, ध्वंस होइन, निर्माण गरेर बनाउन सकिन्छ भन्ने कुरा भक्तपुरमा गएर हेर्नुहोस्।’

बालेनले अधिकारको दुरुपयोग गरे: उवासं काठमाडौँ

‘महानगरले अहिले यदी अन्डरग्राउण्डमा पार्किङ भनेर नक्सा पास गरेको भए त्यसमा व्यवसायिक प्रयोजनको लागि चलायो भने घरधनीसँग कर उठाउने हो। त्यो कर उठाइरहेको छ त्यो कर उठाएर नगरपालिकाले बैंकमा राखेर ब्याज खाइरहेको छ। १० अर्ब कर उठाएर राज्यले खर्च गर्न सकेन भने ब्याज खान पाइँदैन। बालेन्द्र शाहलाई के भन्न चाहन्छु भने जनताको मेयर हो भने १० अर्ब उठाएको पैसा जनतालाई फिर्ता दिनुपर्छ।'

जसले गैरकानुनी संरचना भाडामा लगायो क्षतिपूर्ति उसैले दिनुपर्छः मेयर बालेन

'घरधनी प्रति संकेत गर्दै उनले भने, ‘जसले गैरकानुनी संरचनामा भाडामा लगायो क्षतिपूर्ति उसले दिनुपर्छ किनकी दोष उसको हो।' आज बिहान महानगरले सुन्धारास्थित काठमाडौँ मल र खिचापोखरीको आरबी कम्प्लेक्समा यस्ता संरचना भत्काइसकेको छ।

डीएनए टेस्टका लागि एउटी आमा जल्न तयार हुनुपर्ने, यो अत्ति हो, यो अत्याचार हो: मेयर शाह

'आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ। यति गर्न एउटी आमाले जल्न तयार हुनुपर्ने? यो अत्ति हो। यो अत्याचार हो। कानुनीराज्य यस्तो हुँदैन। अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन।'

पर्याप्त सुविधासहित अत्याधुनिक सार्वजनिक शौचालय निर्माण

शौचालयको अवलोकन गर्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले शौचालयमा प्रयोग भएका वातावरणमैत्री प्रविधिलाई अन्य स्थानमा समेत विस्तार गर्नु आवश्यक रहेको बताए। शौचालयमा प्रयोग भएको आकासेपानी संकलन र पुनः भरण प्रविधिलाई महानगरको प्रत्येक घरमा जडान गर्न आवश्यक बजेट विनियोजन गरिएको जानकारी गराउँदै शौचालयलाई सिकाई केन्द्रको रूपमा विकास गर्न सकिने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्