१५ वैशाख २०८१ शनिबार
image/svg+xml

ओली यही वर्ष पक्राउ पर्दैछन्ः मेटमणि चौधरी

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यही वर्ष पक्राउ पर्ने दाबी गरेका छन्।

सरकारको नीति तथा कार्यक्रम छोराछोरी जन्माइसकेपछि जन्माउने बारेको छलफल

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम समयमा प्रस्तुत हुन नसकेको बताएका छन्।

केही दिनभित्रै माओवादी केन्द्र,एकीकृत समाजवादी र जसपाबीच मोर्चा बन्छ: चौधरी

नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले केही दिनभित्रमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका बीचमा मोर्चा बन्ने बताएका छन्।

बिरालोले दुध ढुकेझैँ, संविधान च्यात्न पूर्वप्रधानमन्त्रीहरू ढुकेर बसेका छन्ः सांसद चौधरी

शनिबार प्रतिनिधि सभाको बैठकबा बोल्दै सांसद चौधरीले यस्तो आरोप लगाएका हुन्।

जाँदाजाँदै मन्त्रीलाई भ्याइनभ्याइ

सहरी विकासमन्त्री मेटमणि चौधरीलाई अहिले शिलन्यास, उद्घाटन तथा निरीक्षण कार्यक्रम जस्ता कार्यक्रममा सहभागी हुन भ्याइनभ्याइ भएको छ।

कर्मचारीलाई मन्त्री चौधरीको प्रश्न: काममा ढिलाई गर्दा कमिसन बढ्छ ?

शनिबार भैंसेपाटीमा निर्माणाधीन संघीय मन्त्री, सभामुख, मुख्यमन्त्री तथा प्रदेश प्रमुखका निवासहरूको स्थलगत निरीक्षण लगत्तै मन्त्री चौधरीले सम्बन्धित विभाग, ठेकेदार कम्पनीसँग छलफल गरेका हुन्।

गुणस्तरयुक्त पूर्वाधार निर्माणमा जोड दिन आवश्यकः मन्त्री चौधरी

शहरी विकास मन्त्री मेटमणि चौधरीले भौतिक निर्माणका क्षेत्रमा रहेका चुनौतीहरुको सामना गर्न जरुरी रहेको बताएका छन्।

चर्काे ब्याजमा ऋण खोजेर पनि जनताको घरघरमा औषधि पुर्‍याएँ: मेटमणि चौधरी

‘कोभिडको महामारीमा सयकडा ३ मा ऋण खोजेर डाक्टरको टोली र औषधिसहित विपन्न जनताको घरघरमा पुगेको थिएँ। नाका नाका पुगेको थिएँ।' मन्त्री चौधरीले भने, 'जनतालाई भोकले मर्न दिन्नँ भनेर चामल बोकेर गएँ। दोस्रो चरणको कोभिड लहरमा म पनि संक्रमित हुन पुगेँ। तर पनि जनताको सेवामा दिनरात भनिनँ। बाढी, पहिरो, आगलागी लगायत हरेक विपत्तिमा जनताको सारथी बनेको छु।’

थारू समुदायका उम्मेदवारबीच टक्कर

मंसिर ४ मा हुने चुनावका लागि मुख्य प्रतिस्पर्धीका रूपमा चर्चामा रहेका दुईजना हुन्, सत्तापक्षीय गठबन्धनका तर्फबाट उठेका नेकपा एकीकृत समाजवादी (नेकपा एस) का मेटमणि चौधरी र नेकपा एमालेकी शान्ता चौधरी। एमाले विभाजित हुनुअघि उनीहरू दुवै सोही पार्टीमा आबद्ध थिए।

आउँदो चुनावले एमालेलाई बिदाई गर्नेछः मन्त्री चौधरी

‘जब जब मुलुकमा व्यवस्थासँग जोडिएको विषय आउँछ तब तब वाम लोकतान्त्रिक गठबन्धन निर्माण भएको इतिहास छ।’ उनले भने, ‘एमाले अध्यक्ष ओलीले अहिलेको व्यवस्थाविरुद्ध निरन्तर प्रहार गरेकाले अहिले पनि हाम्रो गठबन्धन बनेको छ। ०६२/६३ मा हामी एक हुँदा राजतन्त्र समाप्त भए जस्तै २०७९ को चुनावले ओलीको पार्टीलाई बिदाई गर्नेछ।’

निर्वाचन आचार संहिता विपरीत मन्त्री चौधरीद्धारा बाढीपीडितलाई चामल वितरण

निर्वाचन आचार संहिता लागु भइसकेको अवस्था पनि मन्त्री चौधरीले शनिबार देउखुरीका चार पालिकाका बाढी पीडितका लागि करिब १३ लाख बराबरको खाद्यान्न सहयोग गरेका हुन्।

संविधानमाथि तरबार झुण्डिएको छ: मन्त्री चौधरी

संकटको बेला नेपालका दलहरु एक ठाउँमा आउने गरेको इतिहास रहेका बताउँदै मन्त्री चौधरीले भने, ‘विश्वमै उत्कृष्ट संविधान हामीले मिलेरै बनाऔँ। समाजमा पिछडिएका वर्ग र तप्काका मानिसहरुलाई राज्यको मूलधारमा ल्याउने कानुनी व्यवस्था गरियो। हरेक दृष्टिकोणले प्रगतिशील संविधान बन्यो। तर केपी ओलीलाई पचेन। जनताले खुसी मनाए तर केपी ओलीको समुहले त्यो खुुसी देख्न सकेन। त्यसैकारण यतिबेला नेपालको संविधानमाथि तरबार झुण्डिएको छ।’

सहरी विकास मन्त्री चौधरीले गरे सरकारी गाडी फिर्ता

निर्वाचन अवधिमा सरकारी गाडीको दुरुपयोग नहोस् भन्ने उद्देश्यले निर्वाचन आयोगले जारी गरेको आचार संहिता अनुरुप मन्त्री चौधरीले शुक्रबारदेखि लु ३ च ३१४ नम्बरको स्कर्पियो प्रयोग गरेको प्रेस संयोजक सूर्य विसीले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्