१५ वैशाख २०८१ शनिबार
image/svg+xml

कास्कीमा भूमिहीन र सुकुम्बासीलाई लालपूर्जा वितरण गरिने

कास्कीमा भदौ दोश्रा सातादेखि भूमिहीन र सुकुम्बासीलाई लालपूर्जा वितरण गरिने भएको छ। भूमि आयोग कास्कीले भदौ १३ गतेबाट भूमिहीन र सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने तयारी गरेको हो।

भुम्लू गाउँपालिकामा १२०० परिवार लालपूर्जाविहीन, जमिनबारे छानबिन गर्न टोली पठाइने

आन्तरिक विवादलगायत कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण करिब डेढवर्ष छानबिनको काम रोकिएको थियो।

लालपूर्जा नहुँदा मुआब्जा वितरणमा समस्या

विवादकै कारण पूर्जा भएकाहरुले पनि मुआब्जा पाउन सकेका छैनन्। भेरीगंगा नगरपालिकाका उपप्रमुख रेणु आचार्य नापि भएर फिल्डबुकसमेत तयार भइसकेकाले संघीय सरकारले समिति बनाएर वितरण गर्नुपर्ने बताउँछिन्। ‘

लालपूर्जा पाएपछि सुकुम्बासी परिवारमा खुशियाली

जिल्लाको लालबन्दी नगरपालिकाअन्तर्गत रानीगंजस्थित एक मठको जमिनमा वर्षौंदेखि बसोबास गर्दै आएका सुकुम्बासी परिवारले मोही हक अन्तर्गत शनिबार लालपूर्जा पाएका छन्।

सरकारी जग्गामा भुमाफियाको आँखा, लालपूर्जा नै बनाएर हत्याउने प्रयास

रुपन्देहीमा करोडौं मूल्य पर्ने सरकारी जग्गा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीकै मिलेमतोमा भुमाफियाहरुले हत्याउन खोजेका छन्। व्यक्तिको नाममा लालपुर्जा नै बनाएर करोडौं मूल्यको सरकारी जग्गा किनबेच गर्न खोजेपछि घटना बाहिर आएको हो। जिल्लाको मायादेवी गाउँपालिका ४ झुलनीपुरमा रहेको २ बिगाह ३ कठ्ठा १ धुर जग्गा सरकारी श्रेस्ता कायम भएको जग्गा हो। दुई करोड बढी मूल्यको सो जग्गा निर्माणाधिन भैरहवा–लुम्बिनी ४ लेन सडकसँग जोडिएको छ। जुन बुद्ध जन्मस्थल लुम्बिनी नजिक पर्छ।

सरकारी जग्गा व्यक्तिको नाममा भेटिएपछि चर्कियो आन्दोलन

जिल्लास्थित बरहथवा नगरपालिकाको हजारियाको सरकारी जमिन भित्रभित्रै व्यक्तिका नाममा लालपूर्जा बनिसकेको तथ्य फेला परेको छ। मालपोत कार्यालय बरहथवाको कम्प्युटरमा सरकारी प्लट कायम रहेको साविक हजरिया गाविस–७ तथा हाल बरहथवा नगरपालिका–४ स्थित ७ विगाह १४ कठ्ठा १५ धुर मध्ये ६ विगाह १४ कठ्ठा जमिन भित्रभित्रै स्थानीय एक व्यक्तिका नाममा लालपूर्जा बनेको फेला परेको हो।

सरकारले पशुपतिनाथको जग्गाको लालपूर्जा नदिएको खुलासा

सरकारले पशुपतिनाथको मूल मन्दिर रहेको जग्गाको समेत लालपूर्जा नदिएको खुलासा भएको छ।

भूमिहिनले भोगचलन गरेको जग्गाको लालपूर्जा उपलब्ध गराउन सुझाव

विज्ञहरुले भूमिहिनहरुलाई उनीहरुले भोलचलन गर्दै आएको जग्गाको लालपूर्जा तत्काल उपलब्ध गराउन सरकारलाई सुझाव दिएका छन।

अधियाँमै बाँचेको सिँगो गाउँ, पुस्तौदेखि नै छैन लालपूर्जा

उमेरले ६९ पुगे पनि उनको परिवार अहिलेसम्म पनि अधियाँमै उब्जेको अन्नबालीबाटै जीबिकोपार्जन गरिरहेको छ। डोल्पा त्रिपुरासुन्दरी नगरपालिका वडा नम्वर ५ फुल्चिङ गाउँका स्थानीय चन्द्रलाल चलाउनेको घर आँगनमै खेतीयोग्य जमिन प्रशस्त भएपनि बिहान बेलुका भरपुर खान पुग्दैन।

भूमिहीनको गुनासो– लालपूर्जा कहिले?

दाङको लमही नगरपालिका–६ कुलमोडका मानबहादुर बुढाथोकी ऐलानी जग्गामा बसेको वर्षौँ भयो। उनले बसेकोे जग्गाको लालपूर्जा अहिलेसम्म पाएका छैनन्। ‘चार पुस्ता यही बितिसक्यो लालपूर्जा पाउने कहिले हो ?’ मानबहादुरको प्रश्न छ।

‘लालपूर्जा नहुँदा भूकम्पीडीतले राहत पाएनन्’

हामी जनप्रतिनिधी भएर आउँदा वडामा रहेका राजकुलो भत्किएर लथालिंग अवस्थाबाट गुज्रिएको थियो । राजकुलोको पानी जभाभावि चुहिने समस्या थियो । हामी आउने बित्तिकै केही स्थानको राजकुलो सरसफाई– मर्मतसम्भार गरेर व्यवस्थित गरेका छौं । मेरो वडामा राजकुलो लप्सेफेदीदेखि छलम्बुटारसम्म करिव ५ किलोमिटर एरियामा फैलिएको छ ।

दुई हजारलाई लालपूर्जा

वर्षौंदेखि जग्गा भए पनि लालपूर्जाविहीन एक एक नगरपालिका र गाउँपालिकाका दुई हजार जनालाई महोत्तरी जिल्ला नापी कार्यालय र जिल्ला भूमि अधिकार मञ्चले लालपूर्जा वितरण गरेका छन् ।

सुवर्णपुरबासीले ५२ वर्षपछि पाए ‘लालपूर्जा’

पर्साको साबिक सुवर्णपुर गाबिसका बासिन्दाहरु पाँच दशकपछि आफूहरुले भोगचलन गरिरहेका जग्गाको जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) पाएका छन् । ५२ वर्षअघि सरकारद्वारा चितवनबाट सारेर पर्सामा बसाईं गराइएका परिवारका तेस्रो पुस्ता पूर्जाको लागि संघर्ष गरिरहेको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्