१६ वैशाख २०८१ आइतबार
image/svg+xml

अन्नपूर्ण आधारशिविरः भरिभराउ छन् पदमार्गका होटल (फोटो सहित)

मुख्य पर्यटकीय सिजनमा पनि पोखराका होटलको अकुपेन्सी अनुपात ५० प्रतिशत हाराहारीमा रहेको पर्यटन व्यावसायीले बताईरहँदा अन्नपूर्ण आधारशिविर क्षेत्रको पदयात्रामा भने आन्तरिक तथा बाह्य पाहुनाको घूइँचो लागेको छ। अन्नपूर्ण आधारशिविर (एबिसी) क्षेत्रको पदयात्रामा अहिले आन्तरिक तथा बाह्य पाहुनाको भीडभाड रहेको त्यहाँका व्यावसायीले बताएका छन्।

अन्नपूर्ण आधार शिविर प्रवर्द्धन गर्न पदयात्रा

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पर्यटन प्रवर्धनका लागि पदयात्रा गरिएको छ।

हिमालको पाउमा पर्दा लोभिए गुटेरेस

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस मंगलबार बिहानै हेलिकप्टरबाट अन्नपूर्ण आधारशिविर (एबीसी) ओर्लिए। समुन्द्री सतहबाट ४ हजार १ सय ३० मिटर उचाईको आधारशिविरमा हेलिकप्टरबाट ओर्लिदा गुटेरेस निकै नै खुसी थिए। आँखै अगाडि ठोकिने हिमालको पाउ पर्दा उनमा खुसीको सिमै थिएन। करिब ३५ मिनेट आधारशिविरमा बिताएका गुटेरेसले स्थानीयसँग भलाकुसारी पनि गरे।

धनी देशका कारण नेपाललाई जलवायु परिवर्तनको असर: गुटेरेस

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्रकृतिबिरुद्धको लडाईं रोक्ने सन्देश दिनु आफ्नो भ्रमणको प्रमुख उद्देश्य रहेको बताएका छन्।

गुटेरेसलाई अन्नपूर्णको अप्ठ्यारो सुनाउने तयारीमा स्थानीय

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस मंगलबार बिहान अन्नपूर्ण आधारशिविर जाँदैछन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का संरक्षित क्षेत्रभित्र पर्छ अन्नपूर्ण आधारशिविर।

अन्नपूर्ण आधारशिविरमा हेलिकप्टर अवतरण गराउँदा दशहजार तिर्नुपर्ने

समुन्द्री सतहदेखि ४१३० मिटर उचाइको अन्नपूर्ण आधारशिविर (एबिसी) मा जथाभावि भईरहेको हेलिकप्टर उडानलाई नियमन गर्न नसकेपछि गाउँपालिकाले कानुन नै बनाएर उडानलाई वैधानिकता दिने भएको छ। उद्धार र राहत बाहेकका उडानलाई नियमन गर्नेगरि कास्कीको अन्नपूर्ण गाउँपालिकाले ‘अन्नपूर्ण आधारशिविरमा हेलिकप्टर उडान पर्यटन शुल्क व्यवस्थापन सम्बन्धि कार्यविधि २०७९’ बनाएको छ।

अन्नपूर्ण आधारशिविरबाट सुरु भई घान्द्रुक झर्नेगरि अन्नपूर्ण म्याराथन गरिँदै

आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न साहसिक खेल गतिविधि ‘अन्नपूर्ण म्याराथन’ आयोजना गर्ने तयारी भएको छ। खेल पर्यटन मार्फत साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित अन्नपूर्ण पदयात्रा क्षेत्रलाई समेटेर बनेको सेन्चुरी पर्यटन व्यवस्थापन समितिले अन्नपूर्ण म्याराथन आयोजना गर्न लागेको हो। म्याराथनले पर्यटनमा नयाँ आयाम थप्ने विश्वास स्थानीय पर्यटन व्यवसायीले गरेका छन्।

अन्नपूर्ण आधारशिविरमा पर्यटनमन्त्रीको अन्तर्राष्ट्रिय सम्मेलन गरिने

पर्यटन मन्त्रालयले आइतबार पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै चारमहिना भित्र अन्नपूर्ण आधारशिविर (एबिसी)मा दक्षिण एशिया तथा प्रशान्त क्षेत्रका पर्यटन मन्त्रीहरुको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने जनाएको छ। महत्वपूर्ण र साहसिक पर्यटकीय गन्तव्यको रुपमा रहेको अन्नपूर्ण आधारशिविरमा यस्तो सम्मेलन आयोजना गर्न सके त्यसले साहसिक पर्यटन क्षेत्रमा लाभ पुग्ने व्यवसायीको धारणा छ।

‘अफसिजन’मा पनि चलायमान छ अन्नपूर्ण आधारशिविर

कोरोना संक्रमणको त्रास केही घटेको मौका पारेर अहिले आन्तरिक पर्यटक पदयात्रामा जान थालेका व्यावसायीको भनाई छ। अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गमा अहिले आन्तरिक पाहुना पर्याप्त रहेको स्थानीय व्यवसायीले बताएका छन्।

अन्नपूर्ण आधारशिविरका होटलमा आन्तरिक पाहुनालाई ४० प्रतिशत छुट

पछिल्लो समय अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गमा आन्तरिक पाहुनाको चहलपहल बढेको स्थानीय व्यवसायीले बताएका छन् । आधारशिविरसम्मै पाहुना पुगेपछि त्यहाँ संचालनमा रहेका सबै होटल खुलेका छन । पाहुना आकर्षण गर्न ४० प्रतिशतसम्म छुट पनि व्यवसायीले दिएका छन् ।

अन्नपूर्ण आधारशिविर क्षेत्र असोज पहिलो सातादेखि खुल्ने

कोरोना भाइरस संक्रमणका कारण लामो समयदेखि बन्द रहेका अन्नपूर्ण आधारशिविर क्षेत्रका होटल असोज पहिलो सातादेखि खुल्ने भएका छन् ।

पर्यटन महोत्सव र अन्नपूर्ण म्याराथन स्थगित

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव तथा अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण स्थगित गरिएको छ ।

अन्नपूर्ण आधारशिविर क्षेत्रः सहरीया प्रदूषणबाट टाढा (तस्बिरसहित)

सहरमा वायु प्रदूषणले धुम्म भएको धेरैदिन भइसक्यो । पोखरा सुन्दर सहर भएपनि यहाँबाट तुवाँलोका कारण हिमाली श्रृंखला नदेखिएको दुईसाता पुग्न थाल्यो । सबै डाँडाकाँडा तुवाँलोले ढाक्दा चारैतिर सेतै देखिन्छ । प्रदूषण यतिसम्म बढेको छ की आँखा पिरो हुने समस्या उब्जेको सबैतिर सुन्न पाइन्छ । तर, यही प्रदूषणबाट छलिन यो बेला केही आन्तरिक पाहुना अन्नपूर्ण आधारशिविर (एबिसी)को पदमार्गमा पुग्ने गरेका छन् ।

अन्नपूर्ण आधारशिविर जाँदा पिसिआर रिपोर्ट नचाहिने

स्थानीय व्यवसायीले आधारशिविर पदमार्गको छोमरोङ भन्दा माथि जाँदा पिसिआरको नेगेटिभ रिपोर्ट देखाउनुपर्ने अनिवार्य गरेकोमा अब त्यो बाध्यकारी प्रावधान हटाएका हुन् ।

वर्षदिन भयो अन्नपूर्ण आधारशिविरले पाहुना नदेखेको

कोरोना महामारीबीच पनि अन्यत्रका पर्यटकीय क्षेत्र जसोतसो ब्यूतेर आन्तरिक पाहुनाको स्वागतमा जुटिसकेका छन् । तर मुलुककै मुख्य र साहसिक मानिने एबिसीसम्मको पदमार्गले अझै पाहुना भेट्न सकेको छैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्