१६ वैशाख २०८१ आइतबार
image/svg+xml

सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन

गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ।

गरिब गिजरावासीमाथि निर्मम राजनीति

चुनाव आएका बेला उम्मेदवारको प्रमुख चुनावी कार्यक्रम गिजरा बस्तीमा हुन्छ र यहाँका अव्यवस्थित, भूमिहीन नागरिकलाई जग्गा उपलब्ध गराउने मुख्य चुनावी नारा बन्छ ।

सांसदको कब्जामा स्काउटको जग्गा !

देशभर सार्वजनिक जग्गा हिनामिना गरेका व्यक्ति र संस्थाले कारबाही भोगिरहेका बेला नेपाल स्काउटको जग्गा अनधिकृत रूपमा कब्जा गरेका नेपाली कांग्रेसका सांसद एवं ठेकदार दीपक खड्का भने जोगिएका छन्।

सार्वजनिक जग्गा हिनामिना आरोपमा २४९ विरुद्ध भ्रष्टाचार मुद्दा

कैलालीको टीकापुर नगर विकास समितिमा विभिन्न राजनीतिक दलबाट प्रतिनिधित्व गरेका नेताहरू नै सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाउने काममा संलग्न भएको पाइएको छ।

मुद्दा जित्नुको उपहार गाउँबाट बहिष्कार

देवदह नगरपालिका–१२ ढोलबजवा बस्छन् शिव बिन्दु भुज। उमेरले करिब ६० काटेका भुजको परिवार अहिले सामाजिक बहिष्करणमा परेको छ।

टोखामा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाइए

काठमाडौँको टोखा नगरपालिकाले नगरभित्र सार्वजनिक जग्गा मिचेर बनाएका अवैध संरचना हटाएको छ। नगरभित्रको सार्वजनिक जग्गा अवैधरुपमा कब्जा गरेर बनाएका संरचना डोजर लगाएर हटाउन थालिएको हो।

सार्वजनिक जग्गामा बनेका घर-टहरा भत्काउन सुरु

सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घर–टहरा धमाधम भत्काउन सुरु गरिएको बराह क्षेत्र नगरपालिकाले जनाएको हो।

सार्वजनिक जग्गा खोजी गरी बनाइयो उद्यान

काठमाडौँ महानगरपालिका-१० मा विभिन्न व्यक्तिले मिचेको १० रोपनी सार्वजनिक जग्गामा उद्यान निर्माण गरिएको छ।

अनामनगरको सार्वजनिक जग्गामा महानगरकाे डोजर, स्थानीयले बिरोध गर्दा स्थिति तनावग्रस्त

काठमाडौंको अनामनगरस्थित सार्वजनिक जग्गामा काठमाडौं महानगरले डोजर चलाएपछि स्थानीयहरुले बिरोध गरेका छन्।

पहाडबाट सार्वजनिक जग्गा हडप्न तराई

सार्वजनिक जग्गा हडपेर बस्ती बसाउन ठूलो संख्यामा आएका सर्वसाधारणहरुलाई प्रहरीले घर फिर्ता पठाएको छ।

टाइगर प्यालेस होटलले सार्वजनिक जग्गा हडपेको पुष्टि

सार्वजनिक जग्गा मिचेर होटलका संरचना निर्माण गरेपछि २०७६ सालमै टाइगर बिरुद्ध अदालतमा मुद्दा परेको थियो।

धरानमा अवैध संरचना भत्काउदा स्थानीय र प्रहरीबीच झडप

धरान ५ देउरालीस्थित अधेरी खोला किनारको सार्वजनिक जग्गामा बनेको अवैध घर उपमहानगरपालिकाको डोजरले भत्काएको छ।

बेनी नगरले भत्काउन थाल्यो सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना

म्याग्दीको सदरमुकाम बेनीमा सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचनालाई भत्काउन थालिएको छ।

सार्वजनिक जग्गा टेण्डर नै नगरी ज्वाईंलाई ठेक्का

पोखरा महानगरपालिकाका निवर्तमान मेयर मानबहादुर जिसी इमान्दार व्यक्तिका रुपमा परिचित थिए। पोखरा महानगरको पहिलो मेयर बन्दा जिसीप्रति आम पोखरेलीको भरोसा थियो जिसीले पोखरा नबनाएपनि कम्तिमा बिगार्न चाहिं बिगार्दैनन् भन्ने धेरै पोखरेलीले भन्थे।’ स्वयं जिसी पनि बारम्बार भन्ने गर्थे, ‘सके पोखरा बनाउँछु, नसके कम्तिमा पोखरा बिगार्दिन।’ तर, आम पोखरेलीको विश्वास र आफैंले गरेको प्रतिबद्धता विपरित उनले सार्वजनिक जग्गा बिना टेण्डर ठेक्का दिएको खुलाशा भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्