१५ वैशाख २०८१ शनिबार
image/svg+xml

मुस्ताङको थासाङमा फेरि हिमपहिरो

हिमाल पारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२ मा फेरि हिमपहिरो आएको छ । टुकुचे पिक (६९२० मिटर)बाट शनिबार बिहान झन्डै चारबजे हिमपहिरो झरेको स्थानीयले बताएका छन्। हिमपहिरोले मानवीय क्षति भने पु¥याएको छैन। तर, हिमपहिरोले पुरिँदा स्थानीयका चौरी मरेका छन।

हिमाली काखका बस्तीको त्रासः शिरमाथि तरबार झुन्ड्याए जस्तै

हिमाली जिल्ला मुस्ताङ र मनाङमा धेरै बस्ती छन, ती कुनैपनि बेला सिरान क्षेत्रबाट झर्ने हिमपहिरोको जोखिममा पर्न सक्छन्। एकाएक झर्ने हिमपहिरोको वहावसँगै बग्न सक्ने जोखिममा ती बस्ती छन्। पुर्ख्याैली बसोबास रहेको ती बस्ती हिमाली चुचुरोको काखमा छन्।

मुस्ताङ हिमपहिरोः खस्ने अवस्थाका ढिस्को देखिएपछि झनै त्रास

मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित टुकुचे पिक (६९२० मिटर) को केही खण्ड आइतबार मध्यान्हतिर एकाएक खस्यो। ६ हजार मिटर माथिबाट खसेको अनुमान गरिएको भीषण हिमपहिरोले हिमाली जिल्लामा थप त्रास निम्त्याएको छ। पहिरो झरेको ठाउँमा तलबाट हेर्दा खस्ने अवस्थाको ढिस्को र चिरिएको भाग देखिएको स्थानीयले बताएका छन्।

मुस्ताङ हिमपहिरोः ज्वालामुखीबाट निस्कने जस्तो मुस्लो निस्कियो

हिमपहिरोको त्रासले भागदौडको क्रममा घाइते भएकाहरुले ज्वालामुखि विस्फोट हुँदा निस्कने मुस्लो जस्तो बाहिर देखिएको बताएका छन्। ठूलो आवाजसहित ज्वालामुखी बिष्फोटको आवाज सुनिएको र त्यसलगत्तै कालो मुस्लो देखेपछि भागदौड मच्चिदा आफूहरु घाइते भएको उनीहरुको भनाई छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्