१६ वैशाख २०८१ आइतबार
image/svg+xml

आजबाट मन्थली–लुक्ला उडान सुरु

पदयात्रा र हिमाल आरोहणको मौसम सुरु भएसँगै रामेछापको मन्थली विमानस्थलबाट लुक्लाका लागि दैनिक उडान सुरु भएको छ।

थाई स्माइलको काठमाडौं–बैङ्कक उडान सुरु

सम्पूर्ण वायु सेवासहित सञ्चालनमा रहेको क्षेत्रीय वायुसेवा कम्पनी थाई स्माइल एयरवेजले काठमाडौंदेखि बैङ्ककसम्मको हवाईउडान सेवा सुरु गरेको छ।

१७ दिनपछि पोखरा–जोमसोम उडान

अघिल्लो महिना भएको तारा एयरको जहाज दुर्घटनापछि रोकिएको पोखरा–जोमसोम हवाई उडान मंगलबारदेखि सुचारु भएको छ। समिट एयरले मंगलबार यो रुटमा चारवटा उडान गरेको छ। ताराको दुर्घटनापछि मौसममा खराबी आएको भन्दै पोखरा–जोमसोम रुटका सबैजसो उडान रोकिँदै आएका थिए।

इलामकाे फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट व्यावसायिक उडान सुरु

साताको दुई दिन हवाई सेवा दिने गरी तारा एयरलाइन्सले व्यावसायिक उडान थालेको हो। हरेक आइतबार र बिहीबार काठमाडाैं-इलाम-काठमाडौँ उडान हुनेछ। व्यावसायिक उडानकालागि तारा एयरलाइन्स र इलाम नगरपालिकाबीच सम्झौता भएको छ।

आठ वर्षपछि आफ्नै ब्राण्डबाट गुण एयरलाइन्सको उडान सुरु

गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्वल थापाले दुई वर्ष भन्दा कम उमेरका बालबालिकाहरुलाई निःशुल्क उडान र वृद्धवृद्धा र ज्येष्ठ नागरिकहरुलाई केही छुटको व्यवस्था गरेको बताए।

बायोमेट्रिक लागु भएपछि मात्र कोरिया रोजगारी सुरु हुने

बायोमेट्रिक प्रणालीमा जो कोरियन भाषा परीक्षामा सहभागी हुने हो, सोही व्यक्तिको औंठा छाप हुने र जसले गर्दा रोजगारदातालाई झुक्याउन नपाइने भएकाले विश्वासिलो मानिन्छ। सचिव गौतमले बायोमेट्रिक प्रणालीमा परीक्षा फारम भर्दा लिइने औंठा छापलाई नै अन्तिम समयसम्म रोजगारदाताले प्रयोग गर्न पाउने बताए।

उडान सुरु भएको पहिलो दिन ५६ सय हवाई यात्रु

प्राधिकरणले यती एअरलाइन्सलाई १५, बुद्ध एअरलाई ३१, श्री एअरलाई सात, सौर्य एअरलाई तीन, नेपाल एयरलाइन्सलाई दुई, तारा एअरलाई दुई, समिट एअरलाई दुई र सीता एयरलाई दुई गरी दैनिक ६४ उडानको अनुमति दिएको छ।

आधा आन्तरिक उडान सुरु गर्ने निर्णय

मन्त्रिपरिषद् बैठकले आन्तरिक उडान सञ्‍चालन गर्ने निर्णय गरेको हो। उडानको व्यवस्था संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मिलाउने निर्णय गरेको छ।

एक वर्षपछि पोखरा–जोमसोम उडान सुरु

कोरोना संक्रमण रोक्न देशव्यापी लकडाउन भएसँगै रोकिएको हिमालपारिको जिल्ला मुस्ताङलाई पोखरा जोड्ने हवाई उडान झण्डै एक वर्षपछि सुरु भएको छ। लकडाउनको कारण लामो समय उडान रोकिएको र त्यसपछि यात्रु अभाव भएको भन्दै हवाई सेवा सुरु हुन सकेको थिएन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्