२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

पुलमा ढिलासुस्तीः आठ वर्षको प्रगति ३० प्रतिशत

केही दिनअघिको वर्षाले तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावरहाउसमा पहिरो निम्त्यायो। पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध भयो। पृथ्वीराजमार्गको पोखरा–मुग्लिन खण्डमा बेलाबेला समस्या आउँछ। यो राजमार्गको विकल्पमा सहीद बुद्धसिंह मार्ग छ। तर, बैकल्पिक मार्ग सुधार्नमा कहिल्यै चाँसो दिइएन। यतिसम्मकी त्रिशुलीमाथि बनाउन थालिएको पुल बेलैमा नबन्दा बुद्धसिंह मार्ग चल्तीमा अउन सकेको छैन। बुद्धसिंह मार्ग जोड्नेगरी त्रिशुलीमाथि आठवर्ष अघि पुल बनाउन सम्झौता भएपनि अहिलेसम्म जम्मा ३० प्रतिशत काम भएको छ।

बागमती नदी वारपार गर्न पक्कि पुलमा भर्‍याङको सहारा

बाग्मती नदी वारपार गर्नका लागि पक्कि पुलमा भर्‍याङको सहायता लिनु पर्ने भएको छ। यहाँको हरिहरपुरगढी गाउँपालिका र मकवानपुरको बागमती गाउँपालिका जोड्ने पक्कि पुलको पूर्ण रुपमा निर्माण सम्पन्न नहुँदा बागमती नदी पार गर्नका लागि स्थानीयले पुलमा भर्‍याङ लगाउनुपर्ने बाध्यता भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्