१६ वैशाख २०८१ आइतबार
image/svg+xml

सबै नागरिकलाई खोप उपलब्ध हुन्छ: स्वास्थ्य मन्त्री तामाङ

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले सबै नागरिकका लागि कोरोनाविरुद्धको खोप सुनिश्चित गरिने भएकाले त्यस समयसम्म सुरक्षित रहन आग्रह गरेका छन्।

खोप ल्याउन जटिलता छः स्वास्थ्य मन्त्री तामाङ

गैरआवासीय नेपाली संघले आयोजना गरेको एक भर्चुअल अन्तरक्रियामा सम्बोधन गर्दै मन्त्री तामाङले नेपाल सरकारको पहिलो प्राथमिकता खोप ल्याउनु नै भएको र त्यसका लागि विभिन्न मुलुकहरुसँग समन्वय भइरहेको भएपनि खोपको उपलब्धता लगायत अन्य विविध कारण खोप ल्याउन केही समय लाग्ने बताएका हुन्। यद्यपी बेलायत अमेरिका लगायतका मुलुकले कोभ्याक्स अन्तर्गत उपलब्ध गराउने भनेर व्यक्त प्रतिबद्धताले केही राहत मिल्ने उनले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्