१६ वैशाख २०८१ आइतबार
image/svg+xml

भूकम्पका घाइतेलाई नेपालगन्ज ल्याउन सुरु,भेरी अस्पतालमा उपचार हुँदै

भूकम्पमा परी घाइते भएका जाजरकोटका एक जना घाइतेलाई थप उपचारका लागि नेपालगन्ज ल्याइएको छ। जाजरकोट भेरी नगरपालिका वडा नम्बर ३ खलंगा निवासी ४८ वर्षीय बिमलकुमार कार्कीलाई एम्बुलेन्समार्फत नेपालगन्ज ल्याइएको हो।उनको भेरी अस्पताल नेपालगन्जमा उपचार सुरु गरिएको छ।

भूकम्पका घाइतेलाई उपचार गर्न भेरी अस्पतालमा तयारी

जाजरकोटलाई केन्द्रविन्दू बनाएर आएको भूकम्पमा परी घाइते भएकाको उपचार ब्यवस्था मिलाउन भेरी अस्पतालले आवश्यक तयारी गरेको छ।

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको छ। ‘एन्टी रेबिज भ्याक्सिन’ हालसम्म सेवाग्राहीलाई अस्पतालबाट निःशुल्करूपमा प्रदान गर्दै आएकामा अस्पतालमा खोपको मौज्दात सकिएकाले सो सेवा दिन नसकेको एक सूचनामार्फत जानकारी गराइएको छ।

भेरी अस्पतालमा सेवा स्तरोन्नत्ति

बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालले आकस्मिक सेवाको स्तरोन्नति गरेको छ। अहिलेसम्म १५ शय्या रहेकामा अब आकस्मिक सेवामा ३० शय्या पुयाइएको छ।

भेरी अस्पतालमा बेथिति, बिरामी मारमा

सरकारले भेरी अस्पताललाई विशिष्टीकृत बनाउने योजना अगाडि सारेर सेवासुविधा बढाइरहेको छ। तर अस्पतालले बिरामीलाई सामान्य खालको सेवा पनि दिन नसकेको अवस्था छ।

भेरी अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु

नेपालगन्जस्थित भेरी अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। बाँके, बैजनाथ गाउँपालिका ५ की ६३ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो।

भेरीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

दाङ र सल्यानका दुई जना महिलाको उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार सल्यान, दर्मा गाउँपालिका वडा नम्बर ६ की ३० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

भेरी अस्पतालमा चिकित्सकहरुको आन्दोलन (फेटोफिचर)

चिकित्सक र नर्समाथि आक्रमण भएको १२ घण्टा बितिसक्दा पनि दोषीलाई कारबाहीको दायरामा नल्याएको भन्दै स्वास्थ्यकर्मीहरु शुक्रबार बिहानैदेखि प्रदर्शनमा उत्रिएका हुन्।

भेरी अस्पतालमा जनशक्ति अभाव: कर्णाली स्वास्थ्य विज्ञानबाट चिकित्सकसहितको टोली जाँदै

नेपालगञ्जस्थित भेरी अस्पतालको कोभिड वार्डमा जनशक्तिको चरम अभाव भएपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट चिकित्सकसहितको टोली सहयोगका लागि आज नेपालगञ्ज जाने भएको छ।

२४ घण्टाभित्र बाँकेमा १२ संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टाभित्र बाँकेमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज र भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो । २४ घण्टाभित्र यति धेरै मृत्यु भएको यो तथ्यांक अहिलेसम्मकै उच्च रहेको बताइएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्