१५ वैशाख २०८१ शनिबार
image/svg+xml

‘ओमिक्रोन’ त्रास बढ्दो, तर तयारी सुस्त

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास सर्वत्र छ। नेपालमा पनि संक्रमण पुष्टि भइसकेको छ। सरकारले नयाँ भेरियन्ट देखिएका मुलुकबाट नेपाल भित्रिने नागरिकलाई क्वारेन्टिन बस्न अनुरोध गरिसकेको छ। तर, प्रदेश तहका स्वास्थ्य निकायमा भने नयाँ भेरियन्टलाई लिएर खासै गतिलो तयारी भएको छैन।

संक्रमण बढ्दै, तयारी सुस्त

जिल्ला स्वास्थ्य प्रमुख कृष्णदेव यादवका अनुसार सिरहाको माड्र नाकाबाट दैनिक करिब २० जना भारतको संक्रमित सहरबाट भित्रिरहेका छन्। माड्र नाकालाई नेपाल सरकार आउजाउका लागि खुला गरिदिएको छ। यस नाकाबाट भित्रिनेहरूको थर्मल गनबाट तापक्रमण जाँचेर घर पठाउने गरिएको छ। नाकामा होल्डिङ स्टेसन सञ्चालन नभएका कारण भारताट आउने जतिलाई घर पठाउनुको विकल्प छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्