१६ वैशाख २०८१ आइतबार
image/svg+xml

वाग्मती प्रदेशसभा बैठक १७ गते

असार २१ गतेदेखि अबरुद्ध वाग्मती प्रदेशसभाको बैठक यही भदौ १७ गते बस्ने भएको छ। वाग्मती प्रदेशको मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले १७ गते दिउँसो १ बजेका लागि बैठक आह्वान र्णय गरेको हो।

वाग्मती प्रदेशसभा बैठक भदौ १ गते बस्ने

वाग्मती प्रदेशसभाको बैठक भदौ १ गते मङ्गलबार बस्ने भएको छ। बैठक मङ्गलबार अपराह्न २ः०० बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयका सहायक प्रवक्ता सुन्दर पन्तले जानकारी दिए।

वाग्मती प्रदेशसभा बैठक स्थगित

वाग्मती प्रदेशसभाको बैठक स्थगन भएको छ। प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमाथि छलफल गर्न आह्वान गरिएको बैठक अवरुद्ध हुँदै आएको छ।

प्रदेश १ः प्रदेशसभा बैठक निरन्तर स्थगित

प्रदेश १ को प्रदेशसभा बैठक सोमबार पनि स्थगित भएको छ। माओवादी केन्द्रका सांसदहरूको विरोधका कारण सोमबारको प्रदेशसभा वैठक स्थगित भएको हो।

माओवादीद्वारा वाग्मती प्रदेशसभा बैठक अवरुद्ध

वाग्मती प्रदेशसभाको आज बसेको बैठकमा विशेष समय लिएर प्रतिपक्षी दलका चार नेताले आ–आफ्नो धारण व्यक्त गरे। उनीहरुले विषेश समयमा बोलिसकेलगतै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेताले मुख्यमन्त्री डोरमणि पौडेलबाट यसअघिको बैठकमा उठाइएको राष्ट्रिय सरोकारका विषयमा थप स्पष्ट जवाफ नदिएसम्म बैठक सञ्चालन गर्न नदिने भनेपछि आजको बैठक अवरुद्ध भएको हो।

वाग्मती प्रदेशसभा बैठकमा प्रतिपक्षको विरोध

वाग्मती प्रदेशसभाको आजको बैठक सुरु भएलगत्तै नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले प्रदेशसभाका बहुसङ्ख्यक सदस्यले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने मौका नदिएको भन्दै विरोध गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्