वाग्मती नदीमा र्याफ्टिङ कार्यक्रम हुँदै
पर्यटन प्रवर्धन गर्ने उद्देश्यले बागमती नदीमा र्याफ्टिङ कार्यक्रम हुने भएको छ।
पर्यटन प्रवर्धन गर्ने उद्देश्यले बागमती नदीमा र्याफ्टिङ कार्यक्रम हुने भएको छ।
वाग्मती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउन ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुने भएको छ।
अधिकार सम्पन्न एकीकृत वाग्मती सभ्यता विकास समितिका अनुसार अहिलेसम्म सरसफाइका लागि १२ अर्ब २९ करोड ७७ लाख ८० हजार ३७४ रूपैयाँ उठिसकेको छ। तर प्रगति शून्य छ। वाग्मती नदी अहिले पनि ढलझैं बगिरहेको छ।
काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मती नदी सफाइको पाँच सय हप्ता नाघेको छ। यस अवधिमा सफाइ गरेर वाग्मतीबाट करिब २० हजार टन फोहाेर निकालिएको छ।
डेढ महिनादेखि काठमाडौं उपत्यकाबाट फोहर उठ्न नसक्दा घरघरबाट वाग्मती नदीमा फोहरको थुप्रो फाल्न थालेको भेटिएको छ।
विश्व वातावरण दिवसका अवसरमा वाग्मती किनारस्थित संयुक्त राष्ट्र सङ्घीय उद्यान क्षेत्रमा वृक्षरोपण गरिएको छ। वाग्मती सफाइ महाअभियानको ४२१औँ हप्ताको कार्यक्रमका दिन वातावरण दिवस परेकाले त्यसै अवसरमा बिरुवा रोपिएको हो। साम्बा, काइयो र सिसौँ जातका करीब ५० बिरुवा रोपिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत समितिका सञ्चालक सदस्य डा माला खरेलले बताए।
मेलम्ची खानेपानी विकास समितिले सुरुङ परीक्षणका क्रममा वाग्मतीमा नदीमा पानीको सतह घटबढ हुनसक्ने जनाउँदै सजग रहन स्थानीयवासीलाई अपिल गरेको छ। यही फागुन १० गतेदेखि सुरुङ परीक्षणका लागि पानी पठाइएकामा छिट्टै सुन्दरीजल आइपुग्ने र पानीको केही परिमाण सिधैँ वाग्मतीमा जाने समितिले जनाएको छ।