१६ वैशाख २०८१ आइतबार
image/svg+xml

सेतो मछिन्द्रनाथको रथयात्रा आजबाट सुरु हुँदै

आजबाट सेतो मछिन्द्रनाथको जात्रा सुरु हुँदैछ। मच्छिन्द्र बहालदेखि तीनधारा पाठशालासम्म यात्रा गरिने छ।

सेतो मच्छिन्द्रनाथको प्रवलीकरण सुरु

काठमाडौं महानगरपालिका–३५ जनबहालस्थित सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण तथा प्रवलीकरणको कार्य सुरु भएको छ।

उपत्यकामा भोटोजात्राः वर्षा र सहकालका ‘देवता’को चामल र फूल चढाएर बिदाई (फोटो फिचर)

काठमाडौं उपत्यकामा भोटो देखाइएको छ। रातो मच्छिन्द्रनाथको जात्राअन्तर्गत भोटोजात्रामा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक भएकी छिन्। राष्ट्र प्रमुखले भोटोजात्राको अवलोकन गर्ने परम्परा छ। सोही अवसरमा उनले पाटनकी कुमारी निहिरा बज्राचार्यको दर्शन पनि गरिन्।

अझै बनेन रातो मछिन्द्रनाथ मन्दिर

तोकिएको अवधिमा ठेकेदार कम्पनीले काम पूरा नगरेपछि बुङ्गमतिस्थित रातो मछिन्द्रनाथको मन्दिरको पुनःनिर्माणमा ढिलाइ भएको छ । २०७२ को भूकम्पले मन्दिर क्षतिग्रस्त बनेको थियो । त्यही वर्ष माघ २ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्माणको सुरुआत यहीँबाट गरेका थिए।

जावलाखेल पुर्याइयो मछिन्द्रनाथको रथ

रातो मच्छिन्द्रनाथको रथ बिहीबार जावलाखेल पुर्याइएको छ । लगनखेलस्थित थतीटोलमा रहेको रथलाई बिहीबार ४ः३० बजे कुमारीपाटी हुँदै जावलाखेल पुर्याइएको हो । रथ जावलाखेल पुर्याएको चौंथो दिन (वैशाख ३० गते) अपराह्न ५ बजेपछि मछिन्द्रनाथको भोटो देखाउने साइत जुरेको छ।

मछिन्द्रनाथ जात्राको साइत आगामी बिहीबार हेरिने

रातो मछिन्द्रनाथको रथयात्रा अघि बढाउन दोस्रो चरणको साइत हेर्ने काम आगामी बिहीबार गरिँदैछ।

तस्बिरमा रातो मछिन्द्रनाथ जात्रा (फोटो फिचर)

वर्षा र सहकालका देवताका रुपमा पुजिने रातो मछिन्द्रनाथको जात्रा उपत्यकामा उल्लासका साथ मनाइँदै छ।

तस्बिरमा रातो मछिन्द्रनाथको रथारोहण (फाेटाे फिचर)

रातो मछिन्द्रनाथलाई मंगलबार रथारोहण गरिएको छ। वैशाख शुक्ल प्रतिपदाका दिन साँझ ७ बजे देवतालाई रथमा राखिएको हो। पानेजुहरुले देवतालाई रथमा चढाएको मच्छिन्द्रनाथका मूल पूजारी कपिल गुरुजुले बताए।

सेतो मछिन्द्रनाथको रथ जात्रा

उपत्यकामा मनाइने सेतो मछिन्द्रनाथको रथ जात्रा लगन पुर्‍याइएको छ। गत मंगलबार जमलस्थित तीनधाराबाट सुरु भएको रथ जात्रा रत्‍नपार्क, भोटाहिटी, असन, हनुमानढोका हुँदै लगन पुर्‍याइएको हो। पानी, सहकाल र दीर्घ जीवनको कामना गर्दै सेतो मछिन्द्रनाथको रथ जात्रा निकाल्ने गरिन्छ।

रातो मछिन्द्रनाथ मन्दिर पुनर्निर्माण हुँदै

बुङमतीस्थित रातो मछिन्द्रनाथ मन्दिर पुनर्निर्माण सुरु भएको छ। चार करोड रुपैयाँभन्दा बढी लागतमा पुनर्निर्माण थालिएको मन्दिरको जग बसाल्ने कार्य भइरहेको छ। मच्छिन्द्रनाथ मन्दिरलाई अघिल्लो वर्षको भूकम्पले ध्वस्त पारेको थियो।

मछिन्द्रनाथको रथ जावलाखेलमा (फोटो फिचर)

ललितपुर- वर्षा र सहकालका देवताका रुपमा पूजिने रातो मछिन्द्रनाथको रथ शुभ साइतमा मंगलबार ललितपुरको लगनखेलबाट तानेर जावलाखेल ल्याइएको छ। नेपालको सबैभन्दा लामो जात्राको रुपमा परिचित मछिन्द्रनाथको रथ जेठ ६ मा लगनखेल पुर्‍याइएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्