१९ वैशाख २०८१ बुधबार
image/svg+xml

१८ वर्ष पूरा भएका विद्यार्थीलाई आजबाट खोप दिईने

आजबाट लागाउने चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा ४० वर्ष वा सो भन्दा माथिका उमेर समूह, १८ वर्ष पूरा भएका कक्षा ११ तथा १२ का र विश्वविद्यालय तहका परीक्षा प्रवेशपत्र दिएका विद्यार्थीलाई दिन लागिएको हो।

असार २४ देखि चिनियाँ खोप आउने

नेपालले चीनबाट खरिद प्रक्रिया सम्झौताअनुसार यही असार २४ गतेबाट खोप आपूर्ति सुरु हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

चीनले अनुदानमा दिएको खोप आज नेपाल ल्याइँदै

चीनले अनुदानमा दिएको करिब ८ लाख डोज खोप आज काठमाडाैं आउँदै छ। नेपाल एयरलाइन्सको चार्टर विमानबाट मंगलबार काठमाडौँ आउन लागेको हो। चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोग करिब १० लाख खोपको सहयोगको घोषणा गरेका थिए।

चिनियाँ खोप भोलिदेखि लगाउने: १४ वटा स्वास्थ्य संस्था तोकियो

चीनद्वारा अनुदानस्वरुप प्रदान गरिएको खोप भोलि (बुधबार)देखि लगाउने भएको छ। सरकारले कोभिड-१९विरुद्धको खोप लगाउनका लागि काठमाडौं उपत्यकाका १४ स्थानका स्वास्थ्य संस्थालाई तोकेको छ।

बुधबारदेखि चिनियाँ खोप

यो खोेप दुग्धजन्य, औषधिजन्य, खानेपानीलगायत अत्यावश्यक सेवा क्षेत्रमा काम गर्नेलाई दिइने बताए। यसैगरी हिमालपार व्यापार तथा व्यवसाय एवं अध्ययनमा जानेहरूलाई पनि यो खोप लगाइने जानकारी उनले दिए। तोकिएका वर्गका १८ देखि ५९ वर्ष उमेरका नागरिकलाई यो खोप उपलब्ध गराइनेछ।

चिनियाँ 'भेरोसेल' खोप यहीँ चैत २५ गतेदेखि लगाउने

प्रवक्ता गौतमका अनुसार कोरोनाविरुद्धको खोप ९ लाख मानिसलाई लगाउने योजना सरकारको रहेको छ। जसमध्ये हालसम्म ५ लाखलाई खोप लगाइसकिएको छ भने बाँकी ४ लाखलाई यो 'भेरोसेल'खोप लगाउने उनले बताए।

कति उपयोगी होला चिनियाँ खोप

विज्ञका अनुसार अनुदानमा प्राप्त चिनियाँ खोप अहिले प्रयोग गरिए पनि आमखोप अभियानमा त्यति उपयोगी नहुन सक्छ। चीनको सिनोफर्म कम्पनीले उत्पादन गरेको यो खोप महँगो पनि छ। प्रतिडोजको लगभग ३० अमेरिकी डलरका हिसाबले एकजनालाई यो खोप लगाउँदा ६० अमेरिकी डलर पर्छ।

कोभ्याक्स खोप यसै साता

विश्व स्वास्थ्य संगठनको नेतृत्वमा स्थापना भएको कोभ्याक्स सुविधाअन्तर्गतको पहिलो खेप नेपालमा यसै साताको अन्तसम्ममा आउने भएको छ। कोभ्याक्स सुविधाअन्तर्गत अग्रपंक्तिमा रहेर काम गर्ने कुल ११ लाख नेपालीलाई खोप उपलब्ध गराउने भनेकोमा पहिलो लटमा ३ लाख ४८ हजार खोपको डोज केही दिनमै नेपाल आउन लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्