१६ वैशाख २०८१ आइतबार
image/svg+xml

माधव नेपालले ओलीलाई भने : धेरै फुर्ती नदेखाउनुहोस्, तपाईंका फुर्ती देखाउने दिन गए

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले आफूहरुले नेतृत्व गरेको पार्टी आधिकारिक भएको बताएका छन्। शनिबार पेरिसडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेपालले नेकपा र सूर्य चिन्ह आफूहरुको भएको दाबी गरेका हुन्।

जनार्दन शर्माको प्रस्ताव : सचिवालय सदस्यबाहेकका सांसद बसेर साझा सुझाव तयार गरौं

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता जनार्दन शर्माले सचिवालय सदस्य बाहेकका सांसदहरुलाई स्वतन्त्र ढंगले छलफलमा बस्न अपील गरेका छन्। नेकपाका सचिवालय नेताहरुमा देखिएको असमझदारीका कारण पार्टी विभाजनमा गएका बेला नेता शर्माले बुधबार समाजिक सञ्जाल फेसबुकमार्फत साझा सुझाव तयार गर्नका लागि छलफलमा बस्न आग्रह गरेका हुन्।

सरकारका प्रवक्ता भन्छन्ः सर्वोच्चकाे फैसलाले प्रधानमन्त्रीलाई राजीनामा दिनबाट राेक्याे

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सर्वोच्च अदालतको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गर्नबाट रोकेको बताएका छन्।

प्रधानमन्त्रीबाट हटाएर देखाउन प्रचण्ड–नेपाललाई ओलीको चुनौती

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री पदबाट हटाउन प्रचण्ड–नेपाल पक्षलाई चुनौती दिएका छन्। आइतबार गृह जिल्ला झापामा औद्योगिक क्षेत्र उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुद्दा जितेर संसद् पुनःस्थापना गर्न सफल भएकाहरुलाई प्रधानमन्त्रीबाट आफूलाई हटाउन चुनौती दिएका हुन्।

संसद् पुनःस्थापनापछि केपी ओली झन् बलियो पो हुनुभयो : सुवास नेम्वाङ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवास नेम्वाङले प्रतिनिधिसभा पुनःस्थापनापछि केपी शर्मा ओली नेतृत्वको सरकार झन् बलियो भएको बताएका छन्।

सूर्य थापाको टिप्पणी : प्रचण्ड–नेपालको नेतृत्वमा सरकार बन्नु गोरु ब्याउनु जस्तै

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालको नेतृत्वमा सरकार बन्ने सम्भावना ‘शून्य बराबर’ रहेको बताएका छन्।

प्रचण्ड–नेपाल र कांग्रेस सभापति देउवाबीच भेटवार्ता, अर्को बैठक छिट्टै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय माधव कुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।

संसद पुन:स्थापनाले देशलाई अध्यारोमा जानबाट बचाएको छ : योगेश भट्टराई

नेकपा नेता योगेश भट्टराईले संसद पुन:स्थापनाले देशलाई अध्यारोमा जानबाट बचाएको बताएका छन्। नागरिकसँग कुरा गर्दै उनले भने 'सत्ताको आडमा लोकतन्त्रमाथी धावा बोल्न सकिँदैन भन्ने सर्वोच्चको आदेशले देखाएको छ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्