६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

अदालतको पूर्णपाठले भन्छ: ‘सन्दिपले कमजोर आर्थिक अवस्थाको फाइदा उठाए’

अदालतले गत पुस १३ गते गौशाला २६ माथिको बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गर्ने निर्णय गरेको थियो भने गत पुस २५ गते सजाय तोकेको थियो।

ताप्लेजुङ अदालतद्वारा ४० प्रतिशत मुद्दा फर्स्याेट

जिल्ला अदालत ताप्लेजुङले चालु आवको ६ महिना अवधिमा ४० प्रतिशत मुद्दा फस्र्योट गरेको छ।

तीन खर्बको हुन्डी र क्रिप्टोकरेन्सी कारोबार

अभियुक्तविरुद्ध नेपाल राष्ट्र बैंक ऐन, २०५८ र संगठित अपराध निवारण ऐन, २०७० अनुसारको कसुरमा सजाय माग गरिएको छ।

न्यायाधीश विदामा हुँदा आलमविरुद्धको मुद्दाको पेसी नै तोकिएन

जिल्ला अदालत रौतहटका धेरैजसो न्यायाधीशहरू विदामा भएकाले आलमविरुद्धको मुद्दाको पेसी आइतवार तोक्ने भनिए पनि स्थगित भएको हो।

जेलभित्रका ‘साधु सन्त’सँग घुलमिल हुँदैछन् ‘तपस्वी’ बम्जन

बम्जनले कारागारभित्र सुत्नको लागि खाटको माग गरेका भए पनि व्यवस्था गर्न नसकिएको कारागार प्रमुख साहले बताएका छन्।

सर्वोच्चले सम्झियो युनिटी ठगी प्रकरण

सत्तरीको दशकको निकै चर्चित नेटवर्किङ व्यवसायसँग सम्बन्धित युनिटी लाइफ इन्टरनेसनलको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।

सबै क्रिकेट प्रतियोगिताबाट सन्दीप निलम्बित

नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन्दीप लामिछानेलाई सबै क्रिकेट प्रतियोगिताबाट निलम्बन गरेको छ।

राति १ः३० बजे बम्जनलाई सर्लाही पुर्‍याइयो, आज अदालतमा पेश गरिँदै

हत्या र बलात्कार आरोपमा पक्राउ परेका बम्जनलाई राति १ः३० बजे सर्लाही पुर्‍याइएको हो।

बम्जनलाई सर्लाही अदालतमा उपस्थित गराउने तयारी

सर्लाहीबाट उनी विरुद्ध पक्राउ पुर्जी जारी भएकाले पहिले त्यहाँ हाजिर गराउने तयारी रहेको प्रहरीले जनाएको छ।

‘तपस्वी’को घरमा सम्पत्तिको रास

परिवारका सदस्य भेटघाट गर्न आएका बेला मंगलबार प्रहरीले बम्जनलाई पक्राउ गरेपछि खानतलासीको क्रममा उनको घरबाट १६ देशका विदेशी मुद्रासहित ३ करोड ३ लाख ७५ हजार रुपैयाँभन्दा बढी नगद बरामद भएको हो।

हतकडीसहित फरार भएका थुनुवा पक्राउ

बुधवार दिउँसो जिल्ला अदालत काठमाडौंबाट फरार भएका विमल खड्कालाई अहिले बिहान जडीबुटीबाट प्रहरीले पक्राउ गरेको हो।

म्याद थपका लागि अदालत पुर्‍याइएका थुनुवा हतकडीसहित भागे

बुधबार म्याद थपका लागि अदालत पुर्‍याइएका विमल खड्का हतकडीसहित भागेको जिल्ला प्रहरी परिषद काठमाडौंका प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए।

सहकारी अपचलन मुद्दामा १९ जना दोषी ठहर

बाँकेको पुरानो सहकारीका रुपमा रहेको ‘सहकारी वित्तीय संस्था लिमिटेड’को घोटाला (रकम अपचलन) मुद्दामा १९ जना दोषी ठहर भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्