१६ वैशाख २०८१ आइतबार
image/svg+xml

पोखरा किन पर्यटकीय राजधानी ?

नेपाल भित्रिएका तेस्रो मुलुकका विदेशी पाहुनामध्ये करिब ४० प्रतिशत पोखरा आउने पर्यटन व्यावसायीको अनुमान छ।

मुक्तिनाथ दर्शन गर्न गएका भारतीय पर्यटकको लेक लागेर मृत्यु

मुक्तिनाथ मन्दिर दर्शन गर्न गएका एकजना भारतीय तीर्थयात्रीको लेक लागेर मृत्यु भएको छ। भारतको गुजरातका ५७ वर्षिय भुपेन्द्र भाइ पटेलको लेक लागेर सोमबार बिहान मृत्यु भएको प्रहरीले बताएको छ।

सौराहामा बढे चिनियाँ र भारतीय पर्यटक

प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक चितवनस्थित सौराहामा घुम्न आउने चिनियाँ र भारतीय पर्यटकको सङ्ख्या बढेको छ । बाह्य पर्यटकले सौराहाका होटल भरिभराउ भएपछि यहाँका व्यवसायी उत्साहित भएका छन्।सौराहास्थित क्षेत्रीय होटल सङ्घका अध्यक्ष गङ्गा गिरीले अङ्ग्रेजी नयाँ वर्षसँगै चिनियाँ र भारतीय पर्यटकको सङ्ख्या बढेको बताए।

पर्यटक आगमनः भारतीयको संख्या झन्डै एकतिहाई, चिनियाँको गति सुस्त

सरकारले सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। यो वर्षको एघार महिना (जनवरी–नोभेम्बर) अवधिमा ९ लाख १८ हजार ३ सय ८ जना विदेशी पाहुना नेपाल भित्रिएका छन्। अबको एकमहिनामा ८२ हजार विदेशी पर्यटक भित्र्याउने हो भने सरकारी लक्ष्य पुरा हुनेछ। यो अवधिमा भित्रिएका मध्ये धेरै पाहुना भारतीय छन्।

नेपाल भारतीय पर्यटकको सहज र आकर्षक गन्तव्य : आचार्य बालकृष्ण

भारतको प्रशिद्ध पतञ्जली योगपीठका अध्यक्ष आचार्य बालकृष्णले नेपाल भारतीय पर्यटकको एउटा सहज गन्तव्य भएको बताएका छन्।

टूला दरका भारतीय नोट नसाटिँदा झन्झट

भारतीय ठूला दरका नोटको प्रयोगलाई वैधानिकता दिन यहाँका व्यावसायीले माग गरेका छन्। ठुला दरका भारतीय नोट नचल्दा पर्यटकीय गन्तव्यमा घुम्न आएका भारतीय पर्यटकलाई मर्का परेको व्यावसायीको भनाई छ।

‘भारत गौरव पर्यटक रेल’ आएकामा जनकपुरवासी उत्साहित

भ्रमणका लागि ‘भारत गौरव पर्यटक रेल’मा एकैपटक ठूलो संख्यामा भारतीय पर्यटक जनकपुरधाम आउँदा यहाँका स्थानीय व्यापारी उत्साहित बनेका छन्।

भारतीय पर्यटक बोकेर ‘भारत गौरव पर्यटक रेल’ जनकपुरधाम आउने

भारतीय पर्यटक बोकेर ‘भारत गौरव पर्यटक रेल’ यही असार ९ गते जनकपुरधाम आउने भएको छ। भारतको राजधानी नयाँदिल्लीबाट मंगलबार साँझ हिँडेको सो रेल बिहीबार जनकपुरधाम आइपुग्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिए।

भारतीय पाहुना भित्र्याउन नयाँ रुट प्रयोग गरिँदै

हवाई टिकटको झन्झट र बढी मूल्य पर्दा नेपाल आउन हच्किएका भारतीय पर्यटकलाई आउजाउमा सहज हुनेगरि पर्यटन बोर्डले नयाँ रणनीति तय गर्दैछ । बोर्डका अनुसार यतिबेला नेपाल आउन चाहेका ती पर्यटकलाई आन्तरिक उडानमार्फत नेपालसँगको बोर्डर नजिकका भारतीय विमानस्थलसम्म आउने र त्यहाँबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गराएर उनीहरुलाई गन्तव्यमा पठाउने योजना अघि बढाएको छ ।

बोर्डर नखुल्दा रोकिए भारतीय पर्यटक

केही दिनअघि पश्चिमाञ्चल होटल संघ पश्चिम नेपालका ठूला सहरमा ‘जाउँ है पोखरा’ अभियान लिएर पुग्यो। नेपालगन्ज, धनगढी, महेन्द्रनगर र बर्दियामा अभियान चलाउँदै आन्तरिक पर्यटकलाई पोखरा बोलाउने खास उद्देश्य संघको थियो। त्यो अभियानका क्रममा आन्तरिक पर्यटक प्रवद्र्धनको भन्दा पनि बढी भारतीय पर्यटक नेपाल आउन नपाएको विषयमा चर्चा भयो।

पर्यटन व्यवसायी भन्छनः भारतीय पाहुनाका लागि नाका खोलिदिउँ

भारतीय पाहुना नेपाल घुम्न आउन पाउनेगरि नाका खुलाइदिनुपर्ने माग यहाँका व्यवसायीको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्