१६ वैशाख २०८१ आइतबार
image/svg+xml

यसरी बनाइन्छ योमरी (फोटो फिचर)

काठमाडौं उपत्यका र देशका विभिन्न भागमा बसोवास गर्ने नेवार समुदायमा योमरी बनाउने प्रचलन रहेको छ। चामलको पिठोमा चाकु, खुवा राखेर यामरी बनाउने गरिन्छ। संस्कृतिविदहरु योमरि बनाउनु भनेको लक्ष्मी भित्र्याउनुको संज्ञा दिन्छन्।

योमरिको समाजशास्त्र

नयाँ चामलको पिठोबाट गणेश, नाङ्लो र कुचो समाएकी लक्ष्मी, मानापाथी समाएका कुबेरका साथै कछुवा, धनका संरक्षक ख्याक जस्ता देवदेवी र गण बनाई धानको भकारी पुजिन्छ। यसरी पुज्दा मुख्य देवताका रूपमा ठुल्ठूला दुइटा योमरि बनाइन्छ। ठूला योमरिलाई तान्त्रिक रूपमा मायो र बायो भनिन्छ। जुन प्रकृति र पुरुष वा महिला र पुरुषको प्रतिनिधित्वको रूपमा रहेको छ।

‘बलबल आजुलाई चढाउने योमरि र चतांमरि’

एक एकल महिलाले रातमा चामल कुटी पखाली चन्द्रमाको प्रकाशमा सुकाएर पिठो बनाउँछिन्। यत्रो काम गर्दा पनि रात बाँकी रहेकाले उनी एकछिन सुत्छिन्, अझै पनि भोर (उज्यालो) हुँदैन। यो पूर्णिमाको रातलाई लामो रात मानिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्