१८ वैशाख २०८१ मंगलबार
image/svg+xml

नागरिककर्मी ओलीसहित १३ जना पत्रकार पुरस्कृत हुँदै

लुम्बिनी प्रदेशले माघ २१ मा राजधानी राप्ती उपत्यका देउखुरीमा आफ्नो स्थापना दिवस मनाउँदै छ।

राजधानी क्षेत्रको जग्गा एकीकरणका लागि निवेदन सङ्कलन

लुम्बिनी प्रदेशको राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरी दाङलाई व्यवस्थित सहरका रूपमा विकास गर्न निवेदन सङ्कलन सुरु भएको छ। राप्ती गाउँपालिका–२ बाट उक्त कार्य सुरु भएको हो।

बोक्सीको आरोप लगाउने दुई जना पक्राउ

दाङमा बोक्सीको आरोप लगाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–२ निमुरियाका ४५ वर्षीय यमबहादुर सार्की र घोराही ३ का ३३ वर्षीय सरस्वती गुरुङ रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन गौतमले बताएका छन्।

देउखुरीको जग्गा फुकुवा गर्न मन्त्रीलाई जिम्मा

लुम्बिनी प्रदेशको राजधानी देउखुरी क्षेत्रको रोक्का रहेको जग्गा फुकुवा गर्नका लागि प्रदेश सरकारले मन्त्री धनबहादुर मास्कीलाई जिम्मा दिएको छ।

लुम्बिनी सरकारका एक सय दिनका उपलब्धि सार्वजनिक

लुम्बिनी प्रदेश सरकारले एक सय दिनमा सङ्घीयतालाई संस्थागत गर्न महत्वपूर्ण काम गरेको बताएको छ।

अनावश्यक बिबादमा तानिँदै लुम्बिनीको राजधानी 'देउखुरी'

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय स्थायी थलोमा स्थानान्तरण गरेपछि ‘रुपन्देही भेग’ रुष्ट छ।

राजधानी धान्न देउखुरीमा पूर्वाधार के छ ?

राप्ती गाउँपालिकाको भालुवाङ बजार केन्द्र रहेको प्रदेश ५ को स्थायी राजधानी घोषणापछि जिल्लामा उत्साह छाएको छ।

नेकपाको ह्विप लागे देउखुरीलाई दुईतिहाइ

सत्तारुढ नेकपाले देउखुरी क्षेत्रकै पक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यलाई हिवप जारी गरिसकेको छ । नेकपाका सांसद ईन्द्रजित चौधरीले पार्टीको ह्विपमा तलमाथि नहुने बताए । यस्तो भए दाङ देउखुरी क्षेत्र स्थायी राजधानी बन्ने निश्चित छ ।

दाङ देउखुरीमा ‘प्रभुको राज्य'

लमही बजारको छेउमा चारतले ठूलो घर छ । डेढ महिनाअघि यसै घरमा ठूलो बोर्ड झुण्ड्याएर घोषणा गरियो ‘प्रभुको राज्य’ । बोर्डमा लेखिएको थियो ‘यहोवा (परमेश्वर)’को राज्य । बाइबल अध्ययनकर्ताका अनुसार ‘यहोवा’ भनेको परमेश्वर हो ।

दाङ देउखुरी समाज युएईमा गिरी

दाङवासीहरुको साझा संस्था दाङ देउखुरी समाज युएईको अध्यक्षमा कमल गिरी निर्वाचित भएका छन्। 'सुरक्षित प्रवास, सम्वृद्ध समाज निर्माण हाम्रो अभियान', भन्ने मुल नाराका साथ युएईमा स्थापित संस्थाको प्रथम अधिवेशनले गिरीको अध्यक्षतामा १६ सदस्यिय कार्य समिति चयन गरेको हो।

देउखुरीका १०० भन्दा बढी घर डुबानमा

दाङ– सोमबारदेखिको अविरल वर्षापछि राप्ती नदीमा आएको बाढीले दाङको देउखुरी डुबानमा परेको छ। मंगलवार राप्ती नदीमा आएको बाढी १२ वर्ष यताकै सबैभन्दा ठूलो भएको बताईएको छ। राप्तीको बाढीले देउखुरीका विभिन्न स्थानमा १ सयभन्दा बढी घर डुबानमा परेका छन्। यस्तै ६ घर बगाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। राप्तीमा आएको बाढीले देउखुरीको सतबरियामा सबैभन्दा बढी ६० घर डुबेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्