१८ वैशाख २०८१ मंगलबार
image/svg+xml

काेराेना सङ्क्रमण देखिए सात दिनसम्म आइसोलेशनमा बस्न आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ।

अस्ति पानीमा भिजेको, हिजो चिसो खाएको र आज धुलोमा गएको भनेर बाहना नगरौँ: स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको लक्षण देखिना साथ आइसोलेसनमा बस्न अनुरोध गरेको छ ।

एघार जनामा सङ्क्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ३० को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

११९ वर्षपछि भक्तपुर अस्पतालमा बालबालिकाका लागि आइसियु सेवा

स्थापनाको ११९ वर्षपछि भक्तपुर अस्पतालमा पहिलो पटक बालबालिकाका लागि आइसियु सेवा आइतबारदेखि सुरु हुने भएको छ। अस्पतालमा वर्षौंदेखि प्रसूति वार्ड सञ्चालनमा रहे पनि बालबालिकाका लागि आइसियु सेवा नहुँदा आकस्मिक अवस्थामा आमा र बच्चालाई अन्य अस्पताल रिफर गर्नुपर्ने अवस्था थियो। अब सो अवस्थाको अन्त्य हुने भएको छ।

रुसमा एकैदिनमा भएका कोरोना सङ्क्रमितको संख्या अहिलेसम्मकै धेरै

रुसमा गएको २४ घन्टायता एकै दिनमा भएको कोरोना भाइरस सङ्क्रमण दर सबैभन्दा धेरै भएको बताइएको छ।

बाग्मती प्रदेशमा ६८ प्रतिशतले लगाए कोरोनाविरुद्धको खोप

बाग्मती प्रदेशमा हालसम्म ६८ प्रतिशतले कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूर्ण खोप लगाएको छ।

सङ्क्रमणको तेस्रो लहर आउन सक्छ, सजग रहौँ : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आउनसक्ने भएकाले सचेत रहन आग्रह गरेको छ।

कोरोनाबाट एकै घरका तीन जनाको मृत्यु

कोरोना भाइरस सङ्क्रमणबाट एकै घरका तीन जनाको मृत्यु भएको छ। बुटवल उपमहानगरपालिका–१० कालिकानगरमा रहेका बुवा, आमा र छोराको मृत्यु भएको हो।

कोरोना भाइरस: २०–२९ उमेर समूहमा सङ्क्रमण बढी

पछिल्लो २४ घण्टामा थप दुई हजार ५५९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या दुई लाख ९४ हजार ६०१ पुगेको छ। थप आठ हजार ७९८ जनाको पीसीआर विधिबाट परीक्षण तथा ८६६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो।

थप ६०३ मा कोरोना सङ्क्रमण, तीन जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ६०३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ८१ हजार ५८७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्