१६ वैशाख २०८१ आइतबार
image/svg+xml

अख्तियारको औचित्य

भ्रष्टलाई राजनीतिक संयन्त्रले लुकाउने अवस्था आउँदा सर्वत्र अराजकता छाएको छ। राजनीतिमा लाग्नु नै भ्रष्टाचारमा उन्मुक्ति पाउनु हो भन्ने भइसकेको छ।

एकै व्यक्ति १८ वटा मुद्दामा भ्रष्टाचारी ठहर

विशेष अदालतले गरेको एक फैसलाबाट एक विद्यालय निरीक्षकले कतिसम्म रकम हिनामिना गर्न सकेको भन्ने देखिएको छ।

भ्रष्टाचारीको तिन पुस्ता छोड्नु हुँदैन: चन्द्र भण्डारी

कांग्रेस नेता चन्द्र भण्डारीले भ्रष्टाचार गर्ने नेताको तिन पुस्तालाई छोड्न नहुने बताएका छन् ।जनताको करमा रजाँई गर्नेलाई माफ गर्न नसकिने भन्दै उनले तिन पुस्ता पिर्नेगरी कारवाही गर्नुपर्ने बताए।

भ्रष्टाचारीलाई बचाउन कालाकोटधारीहरुले टुप्पीदेखि पैतालासम्मको बल लगाइरहेका छन्ः सांसद केसी

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले नेपालीलाई भुटानी शरणार्थी बनाएर बेच्नी भ्रष्टाचारीहरुलाई बचाउन कालाकोटधारीहरुले टुप्पीदेखि पैतालासम्मको बल लगाइरहेको बताएका छन्।

महत, ढकाल र शर्मा भ्रष्टाचारी ठहर

विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश श्रीकान्त पौडेल, न्यायाधीशहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले बिहीबार दुईवटा राजस्व चुहावट मुद्दामा शर्मालगायतलाई कसुरदार ठहर गर्दै यही जेठ २५ मा सजाय तोक्नेगरी फैसला गरेको हो।

भ्रष्टाचारीहरू सावधान

ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआइ) ले नेपालको संसद्को ध्यानाकर्षण गराउँदै भ्रष्टाचारको मुद्दा चलाउने हदम्याद थाहा पाएको मितिले ५ वर्ष हुने प्रावधानले भ्रष्टाचारमा संलग्नहरूलाई उन्मुक्ति दिने चिन्ता व्यक्त गरेको छ।

उपसचिवसहित १३ जना भ्रष्टाचारी ठहर

विशेष अदालतले यातायात कार्यालय (सवारी) इटहरीमा कार्यरत तत्कालीन उपसचिवसहित १३ कर्मचारीले राजस्व हिनामिना गरेको ठहर गरेको छ।

‘सिक्टाका भ्रष्टाचारीलाई अदालतले चोख्याउने काम गर्‍यो’

सिक्टा सिँचाइ आयोजनाभित्र भएको भ्रष्टाचारका विषयमा विशेष अदालतले जुन रूपले सफाइ दिने काम गरेको छ, यसले बाँकेवासीलाई ठूलो अन्याय गरेको छ।

साना र ठूला मापन नगरी भ्रष्टाचारीलाई कारवाही हुन्छ : आयोग

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले साना र ठूला मापन नगरी भ्रष्टाचारीलाई कारवाही गर्ने गरिएको बताइका छन् । १ रुपैयाँ घुस खाने र अर्बौ रुपैयाँ खाने दुबै भ्रष्टाचारी भएकाले साना र ठूला मापन नगरी कारवाही गर्ने गरिएको उनले बताए ।

'सरकार बलात्कारी र भ्रष्टाचारीको संरक्षक'

नेपाली काँग्रेस डोल्पाका जिल्लास्तरका नेताहरुले कम्युनिष्टको सरकार बलात्कारी र भ्रष्टाचारीको संरक्षक भएको आरोप लगाएका छन्। नेपाली काँग्रेस निकट नेपाल शिक्षक संघ डोल्पाकोे १९ औ जिल्ला प्रतिनिधि भेलामा सम्बोधन गर्ने क्रममा उक्त आरोप लगाएका हुन्।

'भ्रष्टाचारीलाई कारबाही गरेर देखाउने हिम्मत छ, प्रधानमन्त्री ज्यू?'

नेपाली काँग्रेसका नेता सुजाता कोइरालाले सरकारले भ्रष्टाचारी संरक्षण गर्ने नियतले ऐन कानुन निर्माण गरिरहेको बताएकी छन्। काँग्रेस केन्द्रीय सदस्य कोइरालाले सरकारका कमिकमजोरी औल्याइदिनेको आवाज बन्द गर्दै आफ्ना नजिकका भ्रष्टाचारी अपराधी संरक्षणमा सहज वातावरण तयार गरिरहेको बताएकी हुन्।

‘सरकारभन्दा भ्रष्टाचारी बलियो’

प्रदेश सांसद उषाकला राईले मुलुकमा सरकारभन्दा भ्रष्टाचारी बलियो भएको टिप्पणी गरेकी छन्। आइतबार प्रदेशसभाको बैठकमा विशेष समय लिएर उनले भ्रष्टाचार अन्त्य गर्ने सरकारको प्रयत्नका बाबजुद भ्रष्टाचारी बलियो बनेको बताएकी हुन्। ‘सरकारले भ्रष्टाचार, विभेदलगायत अन्त्य गर्ने प्रयत्न गरिरहेको छ,’ राईले भनिन्, ‘तर यहाँ किन सरकारभन्दा भ्रष्टाचारी बलियो बनिरहेका छन् ? किन बारम्बार विभेद बल्झिने गर्छ, किन हिंसाले मान्छेलाई डसिरहन्छ ?’

आठ वर्षपछि फैसलाः नेकपाका नेता कार्की भ्रष्टाचारी ठहर

सर्वोच्च अदालतले तत्कालीन नेकपा एमालेका नेता डोलबहादुर कार्कीलाई भ्रष्टाचारी ठहर गरेको छ। न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार रेग्मीको संयुक्त इजलासले ९ वर्षअघि विशेष अदालतले गरेको फैसला सदर गर्दै कार्कीलाई भ्रष्टाचारी ठहर गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्