१६ वैशाख २०८१ आइतबार
image/svg+xml

मनाङका बाढी पीडितः घर बनाउन प्रतिपरिवार दुई लाख दिइने

असार पहिलो साताको बाढीपहिरोको चपेटामा परेको हिमालपारिको जिल्ला मनाङका बाढीपीडितलाई गण्डकी प्रदेश सरकारले विशेष राहत दिने भएको छ ।

डेढ सय पहिरो पीडितलाई कांग्रेस सांसद लामाको खाद्यान्न कोसेली

बस्तीको माथि र तल दुवै तिरबाट खसेको भिषण पहिरोका कारण विस्थापित बनेका कालिञ्चोक गाउँपालिका ५ लापिलाङका १ सय ५० परिवारलाई कांग्रेस सांसद जिपछिरिङ लामाले डेढ सय बोरा चामलसहित खाद्यान्न सहयोग पठाएका छन्।

बाढीपहिरो पीडितलाई १० लाख सहयोग

भूपालमानसिंह कार्की प्रज्ञापरिषद्ले बाढीपहिरोका कारण मानवीय र भौतिक क्षति भोगेका सिन्धुपाल्चोकको मेलम्ची क्षेत्र लगायतका पीडितका लागि १० लाख रूपैयाँ प्रदान गर्ने निर्णय गरेको छ।

बाढीपहिरो पीडितलाई सहयोग

सिन्धुपाल्चोकको दुगुनागढी, फुङ्मचे लार्चा १० किलो, तातोपानीलगायतका ६० परिवार विस्थापितलाई लायन्स क्लब अफ काठमाडौं आधार र लायन्स क्लब अफ काठमाडौं अर्पणले विभिन्न सहयोग उपलब्ध गराएका छन् ।

म्याग्दीको अर्मनमा पहिरोले ठाडो खोला थुनियो

जिल्लाको मंगला गाउँपालिका–५, अर्मनको हिलावाङमा पहिरो जाँदा हिलबाङ खोला थुनिएको छ । अर्मनका पाखु सामुदायिक बनबाट खसेको पहिरोले एक्कासी ठाडो खोला थुनिएपछि स्थानीय त्रसित भएका छन् । करिब डेढघण्टा अगाडी पाखु सामुदायिक बनबाट खसेको पहिरोले थुनिएको खोलामा पानीको पोखरी बनेको वडा अध्यक्ष भुपेन्द्र बहादु खत्री क्षेत्रीले बताए ।

लिदी पहिरो पीडितको बयान– ३० घरको नामाेनिशान छैन, ३७ जना सम्पर्कविहिन (अपडेट)

लिदी पहिरोका गम्भिर पाँच घाइतेलाई नेपाली सेनाको हेलिकप्टरले दुई खेपमा उद्धार गरेर सदरमुकाम चौतारा लगेको छ। अरु १५ घाइते भने गाउँमै छन्। पहिरोमा शरीर दरखरिएका उनीहरुको अवस्था सामान्य नै छ।

बाढीपहिरोले सडक र सिँचाइ आयोजनामा पाँच अर्बभन्दा धेरै क्षति

अविरल वर्षासँगै आएको बाढीपहिरोबाट क्षतिग्रस्त सडक र सिँचाईका आयोजना मर्मत र पुनर्निर्माणमा पाँच अर्बभन्दा धेरै खर्च लाग्ने भएको छ। क्षतिग्रस्त भएका सडक र सिँचाइका संरचना पुनर्निर्माण गर्न पाँच अर्बभन्दा धेरै खर्च लाग्ने सम्बद्ध कार्यालयले जनाएका छन् । गत असारदेखि आएको बाढी–पहिरोले सबैभन्दा धेरै सिँचाइ र सडकका आयोजना प्रभावित भएका छन्।

कर्णालीमा जोखिम क्षेत्र पहिचान हुन सकेन

यस वर्ष मनसुन सुरु भएता कर्णालीमा ४४ जनाको बाढीपहिरोमा परेर मृत्यु भएको छ। पाँच सयभन्दा बढी परिवार विस्थापित भएका छन्। दर्जनौं बस्ती पहिरोको उच्च जोखिममा छन्। तर प्रदेश सरकारले कर्णालीका बाढीपहिरो प्रभावित क्षेत्रको पहिचान गर्न सकेको छैन। जसले गर्दा अतिप्रभावित क्षेत्रका बासिन्दा बाढीपहिरोको उच्च जोखिममा छन्।

बाढीपहिरोमा परि कर्णालीमा ४३ जनाको मृत्यु

मनसुन सुरु भएयता बाढी पहिरोमा परि कर्णालीमा ४३ जनाले ज्यान गुमाएका छन् । अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परि उनीहरूले ज्यान गुमाएका हुन् ।

बागमती प्रदेश सरकारको निर्णय : प्रदेशका बाढीपहिरो पीडितलाई घर बनाइ दिने

बागमती प्रदेश सरकारले प्रदेशभभित्रका जिल्लाका बाढीपहिरो पीडितका लागि घर बनाइ दिने भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलेको अध्यक्षतामा शुक्रबार बसेको प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको बैठकले बाढीपहिरोमा घर गुमाएका पीडितलाई आवास बनाइदिने निर्णय गरेको सामाजिक विकासमन्त्री युवराज दुलालले बताए ।

बाढीपहिरो पीडितलाई सहयोग गर्न सरकारसँग माग

प्रदेशसभा ३ का सांसदहरूले बाढीपहिरो पीडितलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरेका छन् । प्रदेशसभाको दोस्रो अधिवेशनको ४३ औं बैठकको विशेष समयमा बोल्ने १५ मध्ये ९ सांसदले बाढीपहिरोको विषयमा धारणा राखेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्