१८ वैशाख २०८१ मंगलबार
image/svg+xml

मकवानपुर पहिरो: बेपत्ता दुईको शव भेटियो, तीन अझै बेपत्ता (अपडेट)

मकवानपुरको बागमती गाउँपालिका-५ सिक्रेदोभानमा पहिरामा परी बेपत्ता भएकामध्ये आज बिहान थप दुई जनाको शव फेला परेको छ।

सुदूरपश्चिम: बाढीपहिराेबाट मृत्यु हुनेको सङ्ख्या ३५ पुग्यो, २३ अझै बेपत्ता

गत असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको विपद्का घटनामा परी हालसम्म यस प्रदेशमा ३५ जनाको मृत्यु भएको हो।

जोशी दम्पत्ती अझै बेपत्ता

इलाका प्रहरी कार्यालय चिसापानीका अनुसार उनीहरू चढेको बा.११ च ९३८ नम्बरको जिप नदीभित्र क्षतविक्षत अवस्थामा भेटिएको छ। जिपको अगाडीको भाग अझै नदी बाहिर निकाल्न नसकिएको प्रहरी निरिक्षक पुष्कर पन्तले जानकारी दिए।

मेलम्ची बाढी: मृतकको संख्या तीन पुग्यो, १७ अझै बेपत्ता

बाढीमा अझै १७ बेपत्ता रहेको स्थानीय प्रशासनले जनाएको छ। बाढीमा बेपत्ता एक/एक चिनियाँ र भारतीय नागरिकको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए। उनीहरुको शव सिन्धुली जिल्लामा फेला परेको उनले बताए।

चौध वर्षीय बालक १० दिनदेखि बेपत्ता

केही दिन अगाडि हुम्लाबाट मोबाइल मर्मत तालिम सिक्न सुर्खेत पुगेका उनी १० दिनदेखि सम्पर्कमा नआएको उनका दाजु राजेन्द्र विकले बताए। सुर्खेतमा प्रत्येक महिनाको १ र १५ गते लाग्ने मेला हेर्न १ गते सुर्खेत रङ्गशाला पुगेका विक त्यस दिनदेखि घर फिर्ता नभएको उनका दाजुले गुनासो गरे।

२२ दिनअघि बेपत्ता भएका झा दम्पतीकाे अवस्थाबारे प्रहरी अझै सुराकविहीन

प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका चार जनामध्येका मुसाफिरसँग जग्गा विवाद रहेका रामजी यादवले झूटो बयान दिएको पोलिग्राफ जाँचबाट खुलेको छ। ‘पोलिग्राफबाट रामजीले झूटो बोलेको देखिन्छ,’ डिआइजी सिंहले भने, ‘धेरै ठाउँमा उनले शंकास्पद बयान दिएका छन्।’

ओछ्यानबाटै बेपत्ता भएका झा दम्पती अझै फेला परेनन्

ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका–५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन्।

रसुवामा त्रिशूली खोलामा खसेका २ बालकमध्ये एक जनाको उद्धार, एक जना अझै बेपत्ता

रसुवामा सोमबार दिउँसो त्रिशूली खोलामा खसेका २ बालकमध्ये एक जनाको सकुशल उद्धार गरिएको छ। एक जना अझै बेपत्ता छन्। जिल्लाको उत्तरगया गाउँपालिका–५, खाल्डेमा सोमबार दिउँसो साढे ३ बजेतिर खेल्ने क्रममा साढे २ वर्षीय युकेस तामाङ र ३ वर्षीय आश्विन तामाङ त्रिशूली खोलामा झरेका थिए।

दुई महिना बित्यो, भेटिएनन् बेपत्ता

भदौ १७ गते आएको बाढीपहिरोमा परी बेपत्ता भएका १५ जनाको दुई महिनासम्म पनि केही पत्तो लागेको छैन। पहिरोमा परी २२ जनाको मृत्यु भएको थियो।

म्याग्दीमा बाढीपहिरोमा २७ जनाको मृत्यु, चारजना अझै बेपत्ता

म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङ र मालिका–७, विममा गएको पहिरोमा परेर बेपत्तामध्ये अहिलेसम्म २६ जनाको शव भेटिएको छ । मराङमा बेपत्ता भएकामध्ये १८ जना र विममा ८ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्