२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

जीर्ण सडकले यात्रुलाई बर्खामा झन् समस्या

कर्णाली राजमार्ग अन्तर्गत प्रदेश राजधानी वीरेन्द्रनगरदेखि मुगु जिल्लाको सदरमुकाम गमगढीसम्मको दूरी २९४ किलोमिटर हो।

बलात्कार आरोपी मन्त्रीलाई २४ घण्टाभित्र बर्खास्त गर्न युवा संघ र अनेरास्ववियूको माग

नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) र राष्ट्रिय युवा संघले बलात्कार आरोपी कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई २४ घण्टाभित्र बर्खास्त गर्न माग गरेको छ।

पुल नहुँदाको सास्तीः बर्खाको भेलमा पनि डुंगाकै सहारा

‘कर्णालीमा पुल नहुँदा हरेक वर्ष डुंगा तर्ने क्रममा पाँच/दश जना कर्णालीले खाएकै हुन्छ,’ उनले भनिन्, ‘पुल नहुँदाको पीडा कहिलेसम्म भोग्नुपर्ने हो थाहा छैन।’ कर्णालीको भेलबाट बाँचेकी उनले छोरालाई विजौरा स्वास्थ्य चौकीमा पुर्‍याएर खोप लगाइन्।

जबर्जस्ती हटाए अदालत जाने शाक्यको चेतावनी

मन्त्री भुसालले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर शाक्यलाई राजीनामा दिन भनेकी थिइन्। सरकारले दण्डित गरेर नभई आवश्यकताको आधारमा उचित स्थानमा सरुवा गरे जान तयार रहेको पनि कार्यकारी निर्देशक शाक्यले बताए।

बर्खाले बस्ती डुबान, नदीका बाँध कटान

जरना गोइठा सब भिजगेलै(दाउरा गुइठा सबै भिजिसक्यो) मुखियाले भने,‘ने चुल्ही रहलै ने जलाबन आ ने चाउर दाईल आब कि खा क रहबै(न चुल्हो जोगियो न दाउरागुइठा, चामल दाल पनि भिजेपछि अब के खाएर बस्नु)।’

हिउँद बर्खा उस्तै बाटो, स्थानीय सरकार बेखबर

जिल्लाको सदरमुकामदेखि गाउँसम्म जोड्ने करिब ५ किलोमिटरको सडक असुरक्षित बनेको स्थानीय बताउँछन्। अहिले सडक हुँदा पनि यसबारे स्थानीय सरकारले कुनै चासो नदेखाएको उनीहरुको गुनासो छ। त्यहाँका स्थानीयका अनुसार एम्बुलेन्समा राखेर बिरामी अस्पतालसम्म लैजान सक्ने अवस्था पनि छैन।

बर्खाको समयमा निर्वाध रूपमा सवारी सञ्चालन गर्नका लागि पूर्ण तयारी

पासाङ ल्हामु मार्गमा बर्खाको समयमा निर्वाध रूपमा सवारी साधन सञ्चालन गर्नका लागि पूर्ण तयारी गरिएको छ।

हिउँदमा चुपचाप, बर्खामा भागाभाग

पहिरो पीडितलाई समयमा व्यवस्थापन गर्न नसक्दा अहिलेको वर्षामा उनीहरु घर न घाटका हुने अवस्था आएको हो। घरगाउँ नै मासिने गरी पहिरो गएको भए पनि कोही कसैले सहयोग नगरेको स्थानीय पूर्ण कार्की बताउँछन्। हुल्दी र बाहुनगाउँमा गएको पहिरो नयाँ भने होइन।

माउरिन्हो बर्खास्त

इङ्लिस प्रिमियर लिग क्लब टोटेनह्यामले सोमबार प्रशिक्षक जोजे माउरिन्होलाई बर्खास्त गरेको छ। माउरिन्हो १७ महिनाअगाडि मात्र क्लब प्रशिक्षण सम्हाल्न आएका थिए। टोटेनह्यामले लिग कपको फाइनल हुनुभन्दा ६ दिनअगाडि माउरिन्होलाई बर्खास्त गरेको हो।

सडक विस्तार: हिउँदमा धुलो बर्खामा हिलो

स्थानीय सरकारले बजेटको धेरै हिस्सा सडकमा खर्चिएको छ । गुणस्तरीय सडक नबन्दा सास्ती उत्तिकै छ। संघ तथा प्रदेश सरकारका सडकका ठूला योजना पनि जिल्लामा छन्। कतिपय सडक योजनाको कामले गति पाएको छैनन्। कम्तीमा वडा केन्द्रसम्म जोड्ने सडक ग्राभेल स्तरको हुँदा ग्रामीण क्षेत्रका बासिन्दाले सुविधा पाउने भए पनि यतातर्फ ध्यान पुग्न सकेको छैन।

मुख्यमन्त्रीद्वारा केपि ओली पक्षीय मन्त्रीलाई बर्खास्त

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले केपी ओली पक्षीय भौतिक योजना तथा विकास मन्त्री पठानसिंह वोहरालाई बर्खास्त गरेका छन्।

नेपालमा ‘महिलासँग आपत्तिजनक अवस्था’मा भेटिएका भारतका ३ न्यायाधीश बर्खास्त

पटना उच्च अदालतले उनीहरूविरुद्ध अनुसन्धानको आदेश दिएको थियो। त्यस क्रममा उनीहरू दोषी ठहर भए र बर्खास्तका लागि सिफारिस गरियो।

राजमार्गका ज्यानमारा धराप

बर्खायाममा सडकका खाल्डामा पानी भरिँदा यात्रा कष्टकर बनेको छ भने त्यसमाथि रातिको यात्रा झनै जोखिमपूर्ण रहने गरेको छ। राजमार्गको यो दूरवस्थाका कारण यो सडकमा दुर्घटना पनि बढ्न थालेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार चैतदेखि साउनसम्म जिल्लामा सडक दुर्घटनामा २७ जनाले ज्यान गुमाएका छन्।

बस्तीमा पस्यो बक्राहा

मोरङको पूर्वमा रहेको बक्राहा खोला बग्ने गरेको गाउँका मानिसहरू सधैँ बर्खायाममा त्रासमा बस्ने गरेका छन् । बक्राहा खोलामा तटबन्धन (बाँध) गर्नुअघि वर्षेनी बर्खामा आएको बाढीले खेती गरेको जमिन कटान गर्दै बग्ने गरेको थियो ।

बर्खामा सधैं पहिरोको त्रास

बर्खा सुरु भएसँगै सुदूरपश्चिमका पहाडी जिल्लामा पहिरोको जोखिम बढने गरेको छ। पहाडी धरातल, सडक निर्माणलगायत मानवीय संरचनाको कारण बर्खायाममा पहिरोले जनधनको क्षति गर्दे आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्