१८ वैशाख २०८१ मंगलबार
image/svg+xml

सैलुन खोल्न माग गर्दै इटहरीमा प्रदर्शन

कोरोना भाइरसको महामारी नियन्त्रण र रोकथामका लागि लगाइएको लकडाउन खुला गरिसक्दा समेत सैलुन खोल्न नदिएको भन्दैै इटहरीमा प्रदर्शन भएको छ । नेपाल नाइ संघ प्रदेश नं. १ को अगुवाईमा प्रदर्शन भएको हो ।

लकडाउनले आर्थिक चपेटामा सैलुन व्यवसायी

बन्दाबन्दी खुकुलो हुँदै गए पनि सरकारले अझै केही समय सैलुन (नाइ) व्यवसाय सञ्चालनमा रोक लगाएपछि व्यवसायी मर्कामा परेका छन्। कोरोना भाइरस सङ्क्रमण फैलिन सक्ने भन्दै सरकारले होटल, रेष्टुरेन्ट, सैलुन, ब्युटीपार्लरलगायतका केही व्यवसाय सञ्चालनमा रोक लगाएको छ।

आर्थिक चपेटामा सैलुन व्यवसायी

नेपाल सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन सावधानीस्वरूप लागू गरेको बन्दाबन्दी (लकडाउन) खुकुलो बनाउने निर्णय जेठ २८ गते गर्यो । ८० दिनदेखि बन्द पसल सञ्चालन गर्दा व्यापारी खुसी थिए । अर्काेथरिका व्यापारीमा भने निरासाको बादल हटेन । वरिपरिका पसल निर्वाध चलेका छन् त्यहिँ भिडमा रहेको जयकुमार ठाकुरको सैलुन खुलेन ।

१४ बर्से हेमचन्द्र भन्छन्, ‘म र बुवा मिलेर भनेजस्तो सेवा दिन्छौं’

छायानाथ रारा नगरपालिका १ का हेमचन्द्र नपाली विद्यालय बिदा हुनासाथ बुवाको सैलुनमा काम गर्न जान्छन्। साथीहरु बिदा हुँदा घुम्न जान्छन्। तर, उनलाई घुम्नभन्दा बुवाको सैलुन जान मन लाग्छ। १४ वर्षका उनी कक्षा ८ मा पढ्छन्।शनिबार कपाल काट्दै गरेका भेटिएका हेमले भने, ‘आज बिदाको दिन। बुवालाई सघाउन आएको।

सैलुनबाट स्वरोजगार

काम सानो वा ठूलो हुँदैन। कामलाई विभेद नगरे आफ्नै गाउँमा स्वरोजगार बन्न सकिन्छ भन्ने उदाहरण बनेका छन् सोलुखुम्बु सोताङका नरेन्द्रबहादुर राई। सोताङ गाउँपालिका–३ सोताङ खहरेका ६३ वर्षीय राईले घरैमै सैलुन व्यवसाय सञ्चालन गरेर आम्दानी गरिरहेका छन्।

नर्सिङ पेसा छाडेर सैलुन व्यवसाय

नर्सिङ पेसामा १० बर्ष बिताएकी निरु कुवँरले आफ्नै लगानीमा शैलुन व्यवसाय थालेकी छन्। १० लाखको लगानीमा ललितपुरको नख्खुमा ‘व्युटी क्लव इनोरोभेटिभ’ नाम दिएर सोमबारदेखि कुवँरले सैलुन व्यवसाय थालेकी हुन्। यसअघि नर्सिङ पेसामा रहँदा उनले राजधानीमा नाम चलेका डाक्टर भोला रिजालसहित अन्य डाक्टरहरुसँगै काम गरिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्