१६ वैशाख २०८१ आइतबार
image/svg+xml

काठमाडौंमा समुदायमै फैलियो कोरोना

अस्पताल तथा उपचारमा कोरोना संक्रमण व्यवस्थापनमा संलग्न विज्ञहरूले काठमाडौं उपत्यकामा समुदायमै कोरोना संक्रमण भइसकेको बताएका छन्। काठमाडौंका विभिन्न ठाउँमा परिवारै संक्रमित हुनु र अस्पतालमा परीक्षण गरेकामध्ये धेरैमा संक्रमण पुष्टि हुनुले कोरोना समुदायमै फैलिसकेको उनीहरूले जनाएका हुन्।

उपत्यकामा १८६ कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा उपत्यकामा १८६ कोरोना संक्रमित थपिएका छन् । उपत्यकामा यसअघि शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी ४१५ जनामा संक्रमणको पुष्टि भएको थियो ।

उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा शनिबार थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा उपत्यकामा ६२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ५६, भक्तपुरमा ३ र ललितपुरमा तीन जना गरी उपत्यका ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उपत्यकामा थप १०६ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घन्टामा उपत्यकामा थप जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिबार मात्र ८७ जना र बुधबार ६२ जना कोरोना संक्रमित थपिएका थिए । उपत्यकामा दिन प्रतिदिन कोरोना संक्रमित बढिरहेका स्वास्थ्य मन्त्रालयले बताएको छ ।

उपत्यकामा संक्रमण बढ्याे, सतर्क हुनुस् : सरकार

स्वास्थ्य मन्त्रालयले उपत्यकामा संक्रमणको दर बढ्दै गएकाले सतर्क रहन आग्रह गरेको छ । दिनदिनै संक्रमितको संख्या बढिरहेको उल्लेख गर्दै मन्त्रालयका प्रवक्ता डा. गौतमले सरकारी, सामुदायिक तथा नीजि कार्यालयहरुमा बैठक, गोष्ठि, सेमिनार तथा अन्य जमघट तत्काल बन्द गर्न आग्रह गरेका छन् ।

उपत्यकामा थप ५१ जनामा कोरोना पुष्टि

उपत्यकामा थप ५१ जनामा कोरोना पुष्टि भएको छ । उपत्यकाका तीन जिल्लामा थप ५१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४३ जना, भक्तपुरमा ५ जना र ललितपुरमा तीन जना थपिएका छन् ।’

उपत्यकामा शुक्रबार एकै दिन थप ४२ मा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा शुक्रबार थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४२ जना कोरोना संक्रमित थपिएको पुष्टि गरेका हुन् ।

उपत्यकामा कोरोना संक्रमण जोखिम बढ्यो

काठमाडौं उपत्यकामा केही दिनदेखि दैनिक वृद्धि भइरहेको कोरोना संक्रमण बिहीबार एकैदिन ३२ जनामा संक्रमण पुष्टि भएको छ ।

उपत्यकाका १७ जनासहित थप ४८२ जनामा कोरोना संक्रमण

बुधबार नेपालमा ४८२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । याेसंगै संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ । अहिलेसम्म निको हुनेको संख्या ४ हजार ६ सय ५६ जना रहेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

उपत्यकामा कोरोना समुदायमा फैलिने संकेत

आइतवार विहान स्टार अस्पतालमा मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहट स्थायी घर भएका पुरुषमा सोमवार कोरोना पुष्टि भएको हो । उनको स्वाबको नमूना परीक्षण पाटन स्वास्थ्य विज्ञान प्रतिषठनमा लगिएको थियो । उनीसंगै नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्