बालिका हत्या अभियोगमा दुई छिमेकी पक्राउ
सिरहामा तीन वर्षिया बालिकाको हत्या अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
सिरहामा तीन वर्षिया बालिकाको हत्या अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको हत्या भएको छ।
लाल मोहम्मद हत्यामा संलग्न भनिएका भारतीय नागरिक बब्लु पासवानलाई प्रहरीले गोली हानी पक्राउ गरेको छ।
पातारासी गाउँपालिका- ३ छुम बस्ने ५६ वर्षीया सुवा महतराको हत्या गरेको अभियोगमा उनकै सौतेनी छोरी पक्राउ परेकी छन्।
ललितपुरको ढोलाहिटीमा २ जनाको हत्या भएको घटनामा २ जनालाई जेल चलान गरिएको छ। अन्य ३ जनालाई धरौटीमा छाड्न आदेश दिइएको छ।
सामाजिक सञ्जाल फेसबुकमा गृहमन्त्री रवि लामिछानेको आलोचनात्मक ‘कमेन्ट’ गरेकै आधारमा प्रहरीले यातना दिएको भन्दै एक युवकले आत्महत्याको प्रयास गरेका छन्।
सात महिनाअघि धनुषाको सहिदनगर नगरपालिका–७ नेमुवाटोलकी ४५ वर्षीया रेखा देवी ठाकुरको हत्या गरेर फरार भएका उनका श्रीमान् र जेठाजुलाई शनिवार प्रहरीले पक्राउ गरेको हो।
कपिलवस्तुको मायादेवी गाउँपालिका ४ बिजुवा पुलबाट अपहरण गरी एक भारतीय नागरिकको हत्या गरिएको छ।
भारतीय युवकको हत्या गर्ने एक भारतीय युवकलाई सर्लाही प्रहरीले आठ महिनापछि पक्राउ गरेको छ। सर्लाहीको हरिवन नगरपालिका–४ स्थित लखनदेही नदीको पुलमुनि एक भारतीय युवकको हत्या भएको थियो।
कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोपित कालीबहादुर खामलाई कानूनअनुसार कारबाही गरी आफूलाई न्याय दिन स्व.श्रेष्ठका परिवारले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराएका छन्।
छुरा प्रहार गरी व्यक्ति हत्या गरेको आरोपमा खोटाङका ३ युवा सोमबार बिहान पक्राउ परेका छन्।
पर्वतको जलजला गाउँपालिका– २, मल्लाज दहमा दम्पतीको हत्या भएको एक हप्ता बितिसक्दा पनि प्रहरीले हत्यामा संलग्नलाई पक्राउ गर्न सकेको छैन।
बाह्रदशी गाउँपालिका– १ का ३३ वर्षीय देवनारायण राजवंशीले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।
पर्वतको जलजला गाउँपालिका–२, मल्लाजको दहमा सोमबार राति एक दम्पतीको हत्या भएको छ। ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी ६७ वर्षीया श्रीमती गमला जिसी घरभित्रै मंगलबार बिहान मृत फेला परेका हुन्। हत्या कसले गरेको भन्ने खुलेको छैन।
आफ्नै आमालाई घाँटी थिचेर हत्या गरेको आरोपमा मकवानपुरको थाहा नगरपालिकाबाट एक जना पक्राउ परेका छन्।