२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

बैतडीका १०९ भन्दा बढी सामुदायिक वनमा आगलागी

यति बेला जताततै चर्को घाम छ। देशका विभिन्न सामुदायिक वनहरुमा रातदिन आगो दन्किरहेको छ।

बाँकेमा पाँच हजार हेक्टर वनमा डढेलो, एक सय पाँच आगलागीका घटना

बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार एक सय ३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ।

डढेलोले उदयपुरमा तीन सय हेक्टर वनमा क्षति

केही दिनदेखि जिल्लाको पूर्वी क्षेत्र चौदण्डीगढी, बेलका र त्रियुगा नगरपालिका क्षेत्रको जङ्गलमा लागेको डढेलोका कारण तीन सय हेक्टरभन्दा बढी जङ्गलका रुखबिरुवामा क्षति भएको छ।

संरक्षणको क्षेत्रमा नेपाल ‘ग्लोबल’ मोडल

सामुदायिक वनबाहेक हामीसँग मध्यवर्ती क्षेत्र छन्, अन्नपूर्ण र कञ्चनजंघा संरक्षण क्षेत्र छ, ‘होमस्टे’ छन्, आमा समूह छन्। हामीसँग हिउँचितुवा संरक्षण समितिहरू छन्। यी सबैमा समानता भनेको स्थानीय समुदायको सहभागिता हो। यस्ता थुप्रै अवधारणा छन् जसले विश्वमा नेपाललाई चिनाइरहेका छन्।

चुरे पहाडका अधिकांश वनमा फैलिँदै डढेलो

कैलालीको चुरे पहाडमा पर्ने मोहन्याल र चुरे गाउँपालिकाअन्तर्गतका अधिकांश वनमा डढेलो फैलिँदै गएको छ।

घाइते अवस्थामा बाघ भेटिएपछि वन प्रवेशमा निषेध

शुक्लाफाँटा नगरपालिका– ८ बैजनाथ सामुदायिक वन क्षेत्रमा घाइते अवस्थामा बाघ देखा परेपछि वन क्षेत्र प्रवेशमा रोक लगाइएको छ।

डढेलो गाउँसम्म फैलिदा तेह्र घर जलेर खरानी

सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलिदा बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा १३ वटा घर खरानी भएका छन्।

तनहुँका २३ सामुदायिक वनमा आगलागी: सबै नियन्त्रणमा

तनहुँमा २३ वटा सामुदायिक वनमा आगलागी भएको छ। फागुनदेखि वैशाख महिनाको हालसम्म विभिन्न सामुदायिक वनमा डढेलो लागेको हो।

बागलुङका ३८ वनमा आगलागी: १५ वनको आगो अझै नियन्त्रणमा आएन

बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक वनमा गत फागुनको ९ गते भीषण आगलागी भयो।

पर्यटकको रोजाइमा ‘हात्तीदह’

दुई वर्षअघि ‘कोइरालो खोला नमूना सामुदायिक वन’ भित्रको सिमसार क्षेत्रलाई संरक्षण र व्यवस्थापन गरी ‘इको टुरिजम’ विकास गरिएपछि सिरहाको लहान नगरपालिका–१५ स्थित ‘हात्तीदह सिमसार’ क्षेत्र पर्यटकको रोजाइमा पर्न थालेको छ।

जङ्गलमा डढेलो लागेपछि गाउँ पसे जनावर

म्याग्दीका ७५ भन्दा बढी सामुदायिक वनमा डढेलो लागेपछि बासस्थान र आहाराको अभावका कारण वन्यजन्तुले बस्ती पसेर किसानले लगाएको बाली नष्ट गरेका छन्।

डढेलोका कारण वायु प्रदूषण, बिरामी बढे

म्याग्दीको मङ्गला गाउँपालिका–२ मा पर्ने सिमलचौरको कुकुर बिसाउने सामुदायिक वनमा यही वैशाख ५ गते रातिदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्