१६ वैशाख २०८१ आइतबार
image/svg+xml

आज विश्व हात धुने दिवस

आज विश्व हात धुने दिवस नेपालमा पनि विविधि कार्यक्रम गरी मनाइँदै छ। नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाउन थालिएको हो।

धादिङका सात स्थानीय तहका एक सय १२ ठाउँमा हात धुने स्टेसन

न हातले धाराको टुटी घुमाईरहनु पर्ने, न त बन्द नै गर्नुपर्ने। हात धुने स्टेसनसँगै जडित भुँईमा रहेको संयन्त्रलाई पैदलले दबाएपछि धाराको टुटीबाट पानी झर्न थाल्छ र छोडेपछि पानी बन्द हुन्छ। साबुनका लागि पनि उहि प्रक्रिया अनुसार गर्न सकिन्छ। कन्ट्याक्ट लेस ह्याण्ड वासिङ स्टेसन अर्थात् हातले छोइरहनु नपर्ने हात धुने स्टेसन धादिङ जिल्लाको सात वटा स्थानीय तहहरुका प्रत्येक वडा र स्वास्थ्य संस्थाहरुमा जडान गरिएको छ।

मास्क लाउने र हात धुने बानीले घटे सरुवा रोग

कोरोना नियन्त्रणका लागि भनेर गत वर्षदेखि विश्वभरि अपनाइएको जनस्वास्थ्य मापदण्डका कारण अन्य सरुवा रोगसमेत घटिरहेको पाइएको छ। राजधानीका मुख्य तथा ठूला अस्पतालहरूले फोहोर तथा प्रदूषणले लाग्ने रोग नियन्त्रण भइरहेको अनुभव गरेका छन्। चिकित्सकका अनुसार न गर्मी महिनाका झाडापखाला फैलियो न त रुघाखोकी तथा निमोनिया।

बन्दै छ हात धुने अड्डा

डडेल्धुराको एक गैरसरकारी संस्थाले सार्वजनिकस्थलमा हात धुने व्यवस्था गर्न लागेको छ। कोरोना भाइरसको संक्रमणबाट जोगिन यहाँका १३ सार्वजनिक स्थानमा हात धुने अड्डा बनाउन लागिएको ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) डडेल्धुरा जनाएको छ।

‘विश्वका ४३ प्रतिशत विद्यालयमा हात धुने सुविधा छैन’

कोरोना भाइरसको महामारीका कारण विश्वभर शिक्षण संस्था सञ्चालन गर्न समस्या भइरहेका बेला संयुक्त राष्ट्र संघीय निकाय युनीसेफ र डब्लुएचओले गरेको एकअध्ययनले विश्वका ४३ प्रतिशत विद्यालयमा साबुन पानीले हात धुने व्यवस्था नभएको देखाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्