१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

आयोजक रेडिअन्टलाई सफलता

आयोजक रेडिअन्ट पब्लिक बुधबार आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्सतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ। स्युचाटारस्थित घरेलु कोर्टमा रेडिअन्टले रिब्सलाई १८–७ ले पराजित गर्‍यो।

रेडिअन्टकी दिब्यांशा कार्कीले ८ अंक जोडिन्। रेडिअन्ट समूह ‘सी’ को विजेता बन्दै क्वार्टरफाइनलमा पुगेको हो। रिब्स पनि समूह उपविजेताका रूपमा क्वार्टरफाइनलमा स्थान बनाउन सफल रह्यो। सिनियर गर्ल्समै इनोभेटिभले सनसाइनलाई ११–६ तथा स्वर्णिमले विल्सनलाई ११–५ ले हराए। इनोभेटिभकी पूजा थापाले ८ तथा स्वर्णिमकी अरिभानाले १० स्कोर गरे।

सिनियर ब्वाइजमा इडेन ब्रिज एकेडेमी (इबिए) ले रेडिअन्ट रिडर्सलाई ३७-२४ ले पन्छाउँदै प्रिक्वार्टरफाइनलमा स्थान सुरक्षित गर्‍यो। इबिएका सौगातले १७ अंक जोडे। अन्य खेलमा जेनिथले बौद्ध चिल्ड्रेन हेभनलाई ३५-१४, काठमाडौं जेभियरले हार्टल्यान्डलाई ४०-३६ तथा स्वर्णिमले नेपाल सेन्ट्रललाई ३१-१८ ले निराश पारे। जेनिथका सुशील शाहीले १४, काठमाडौं जेभियरका आदित्यले १० तथा स्वर्णिमका दीपेश शाक्यले १७ अंक बटुले।

जुनियर ब्वाइजमा इबिएले ओरेकल रेमाथि २६–३ को सहज जित दर्ता गर्‍यो। जितसंगै इबिए क्वार्टरफाइनलमा पुग्यो। इबिएको जितमा निखिल शाहीले २० अंक योगदान गरे। 

प्रकाशित: २४ कार्तिक २०७९ ००:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App