५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

नवौं राष्ट्रिय खेलकुदको तयारी पूरा

शुक्रबारबाट पोखरामा औपचारिक रुपमा शुरु हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले बताएका छन्। 

पोखरामा बिहीबार भएको अन्तिम तयारी बारेको पत्रकार सम्मेलनमा सदस्यसचिव घिसिङले बेमौसमी वर्षातका कारण तयारीमा केही समस्या उत्पन्न भए पनि आफूहरुले मौसमको चुनौती पार गर्दै तयारी पूरा गरेको बताए। राष्ट्रपति विद्यादेवी भण्डारीको अस्वस्थताका कारण उद्घाटनका लागि उपराष्ट्रपति नन्दबहादुर पुनलाई निमन्त्रणा गरेको र उपराष्ट्रपति पुन बिहीबार नै पोखरा आइसकेको उनले जानकारी दिए। उनले राष्ट्रिय खेलुकदमा सबै सर्वसाधारणलाई रंगशाला प्रवेश खुल्ला गरिएको पनि जानकारी दिए। राष्ट्रिय खेलकुदको इतिहासमा पहिलो पटक च्याम्पियन ट्रफी बनाएको र सबभन्दा बढी पदक जित्ने टिमले उक्त ट्रफी प्राप्त गर्ने पनि बताए। 

सदस्यसचिव घिसिङले सातौं दक्षिण एशियाली महासंघीय खेलकुद (साफ) का स्वर्ण पदकधारी ओलम्पियन खेलाडी टीकाबहादुर बोगटीले नवौं राष्ट्रिय खेलकुदको दीप प्रज्जवलन गर्ने पनि जानकारी दिए। नवौं राष्ट्रिय खेलकुदमा विभिन्न ३६ खेलमा कुल ६ हजार १ सय ५७ खेलाडीले ४ सय ४ स्वर्ण पदकका लागि प्रतिष्पर्धा गर्दैछन्। प्रतियोगिता कात्तिक ३ गते सम्पन्न हुँदैछ।

प्रकाशित: २७ आश्विन २०७९ १३:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App