२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

वर्षाले सबै खेल प्रभावित

फाइल तस्बिर

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटअन्तर्गत शुक्रबार एनआरएनए एकेडेमी र एपिएफ क्लबबीचको खेल वर्षाका कारण नतिजाविहीन बन्दा अन्य तीन खेललाई पनि वर्षाले प्रभावित गरेको छ।

शुक्रबारको पहिलो खेल १९ ओभरमा घटाएर खेलाए पनि १३.३ ओभरपछि वर्षा हुँदा खेल नतिजाविहीन अवस्थामा सकिएको हो। यससँगै दुवै टोलीले अंक बाँडेका छन्। सोही वर्षाका कारण सुदूरपश्चित प्रदेश र बाग्मती प्रदेशबीचको दोस्रो खेल पनि प्रभावित भयो।

उक्त खेल टस नै नभई रद्द भएको हो। वर्षाले खेल रोकिनुअघि एनआरएनएले ब्याटिङ गरिरहेको थियो। १९ ओभरमा घटाइएको खेलमा एनआरएनएले १३ ओभर ३ बलमा २ विकेट गुमाएर १ सय २० रन बनाएको थियो। यस खेल नतिजाविहीन सकिएसँगै दुवै टोलीले एकएक अंक बाँडेका हुन्। यससँगै एनआरएनएले २ खेलमा ३ अंक जोडेको छ भने एपिएफको अंकतालिकामा पनि १ अंक छ। पहिलो खेलमा एनआरएनएले सुदूरपश्चिमलाई हराउँदै स्पष्ट २ अंक जोडेको थियो। एनआरएनए समूहको शीर्ष स्थानमा रहेको छ।

शुक्रबार नै मूलपानीमा तय भएका दुवै खेल पनि मैदानको खराब अवस्थाका कारण हुन सकेनन्। यसँगै मूलापानीमा बिहीबार र शुक्रबारका सबै प्रतियोगिता हुन सकेनन्। वर्षाकै कारण मुलपानी क्रिकेट मैदानमा तय भएका नेपाल पुलिस क्लब र मधेश प्रदेश तथा त्रिभुवन आर्मी र कर्णालीबीचका खेल रद्द भएका हुन्।  

प्रकाशित: २५ भाद्र २०७९ ००:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App