१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

पाकिस्तानको जुनियर क्रिकेट लिग कुशलले खेल्ने

नेपालका अलराउण्डर कुशल मल्लले पाकिस्तान जुनियर क्रिकेट लिग (पीजेसीएल) खेल्ने भएका छन्। कुशललाई  पीजेसीएलको ड्राफ्टबाट ग्वादार शार्कले अनुबन्ध गरेको छ।

यस लिगमा विश्वका यू–१९ टिमका खेलाडीहरुले खेल्ने छन्। १९ वर्षमुनिका खेलाडी सहभागी हुने पाकिस्तान जुनियर लिग क्रिकेटमा छ टिमले प्रतिस्पर्धा गर्ने छन्।  यी टिमले ६६ जना पाकिस्तानीसहित २४ विदेशी खेलाडीलाई अनुबन्ध गरेका छन्। ती २४ मध्येमा कुशल पनि एक हुन्।

मल्लले यसअघि युएईमा भएको टी-१० लिगमा सहभागिता जनाएका थिए। याे लिग १५ दिनसम्म  चल्ने छ भने प्रतियाेगिता सेप्टेम्बर ८ बाट सुरू हुनेछ। छनोट भएका खेलाडीहरूलाई निम्न ३ श्रेणीमा विभाजन गरिएकाे छ।

१, एलिट (राष्ट्रिय यू-१९ खेलाडी)

२, प्रिमियर (क्षेत्रीय खेलाडी)

३, एक्स-फ्याक्टर (विदेशी र स्थानीय प्रतिभा)

यी तिन श्रेणाी मध्ये कशल तेस्राे श्रेणाी अथार्त विदेशी र स्थानीय प्रतिभामा छनाेट भएका हुन्।

प्रकाशित: २३ भाद्र २०७९ १३:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App