१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

साग स्वर्णधारी सम्मानित

३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता सन्तोषी श्रेष्ठ शनिबार सम्मानित भएकी छन्।

प्रयास मञ्च नेपालले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको पूर्वधावक बृद्धवीर लामाको एघारौं गीतिमय साँझका अवसरमा एथ्लेटिक्स खेलाडी सन्तोषी सम्मानित भएकी हुन्। सन्तोषीले १३औं सागको एथलेटिक्सतर्फ १० हजार मिटर दौडमा स्वर्ण जितेकी थिइन्। सन्तोषीका गुरु रघुराज वन्त पनि कार्यक्रममा उपस्थित थिए। सोही अवसरमा सिंगापुर गोर्खा पुलिस रेजिमेन्टका धावक निमेश गुरुङलाई अन्तर्राष्ट्रिय खेल रत्न सम्मान तथा अन्तर्राष्ट्रिय सितोरियो कराते डो संघका सञ्चालक रनबहादुर राईलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको थियो।

त्यस्तै ६० वर्षे धावक शम्भुप्रसाद दाहाल, ६७ वर्षे धावक पुष्पलाल श्रेष्ठ, पूर्वधाविका लिना प्रधान, धावक लाक्पा शेर्पा लामा, ओलम्पियन मुकुन्दहरि श्रेष्ठ, भेट्रान धावक धर्म महर्जन, पूर्वधाविका उषा मानन्धर, धावक देव महर्जन र पूर्वखेलाडी नरबहादुर थापा पनि सम्मानित भए। त्यसै अवसरमा वरिष्ठ संगीतकार एवं गायक पुष्प गजमेर, गीतकार तथा भुटनिज अमेरिकन म्युजिक एसोसिएसन (बामा) का अध्यक्ष खेम रिजाल, संगीत संयोजक जीवनप्रकाश प्रधान र गायक तथा संगीतकार प्रताप सुब्बालाई पनि सम्मान गरियो।

उनीहरूलाई पूर्वप्रधानमन्त्री झलनाथ खनाल, ज्ञानोदय बाल वाटिकाकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बा, पूर्वधावक एवं रचनाकार बुद्धवीर लामालगायतले एक कार्यक्रमबीच सम्मान गरे।

प्रकाशित: १२ भाद्र २०७९ ०१:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App