२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

नवनियुक्त मन्त्रीलाई सम्मान

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि नवनियुक्त राजदूत दानबहादुर तामाङको सम्मानमा बिहीबार बधाई तथा शुभकामना कार्यक्रम आयोजना गर्दै कार्यकालको पूर्ण सफलताका लागि शुभकामना दिएको छ।

राखेपले खेलक्षेत्रसँग सम्बन्धित दुवैलाई महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्ने अवसर पाएकोमा कार्यक्रम आयोजना गरी बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको हो। नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले दुई पटक राखेपको सदस्यसचिवको जिम्मेवारी सम्हालिसकेका छन्। तामाङ नेपाल भलिबल संघका पूर्वअध्यक्ष हुन्।

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्यसचिव टंकलाल घिसिङ लगायतले कार्यकाल पूर्ण सफलताका लागिका शुभकामना दिँदै ताम्रपत्र प्रदान गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गहतराजले खेलकुदसँग सम्बन्धित व्यक्तित्वले राज्यका तर्फबाट महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्ने अवसर पाउनुभएकाले खेलक्षेत्रको विकासमा अझ योगदान दिनुहुने विश्वास व्यक्त गर्दै सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए।

मन्त्री श्रेष्ठले राष्ट्रिय राजनीतिमा आउन खेलकुद क्षेत्रको पनि महत्त्वपूर्ण योगदान रहेको बताउदै आफूले सम्हालेको मन्त्रालय मार्फत खेलकुदका विषयमा गर्न सकिने सबै सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे। राजदूत तामाङले आफ्नो नियुक्तिमा पनि खेलक्षेत्रको ठूलो योगदान रहेको बताउदै ‘स्पोर्ट्स डिप्लोमेसी’ मार्फत दक्षिण अफ्रिका र नेपालबीचको खेलकुदलाई कसरी जोड्न सकिन्छ त्यसमा आफ्नो ध्यान केन्द्रित रहने बताए।

सदस्य सचिव घिसिङले खेल क्षेत्रका वर्तमान वा पूर्व पदाधिकारीले राज्यको महत्वपूर्ण निकायमा अवसर पाउँदा परिषद्ले सम्झनुपर्छ भन्ने मान्यतालाई आत्मसात् गरी नयाँ थालनीको सुरुआत गर्न कार्यक्रम आयोजना गरिएको बताए।

प्रकाशित: २० श्रावण २०७९ ०२:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App