१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

बुढानीलकण्ठ टिम च्याम्पियन

आयोजक बुढानीलकण्ठ उमा कुङ्फु शाखाले बुढानीलकण्ठनगरस्तरीय उमा कुङ्फु प्रतियोगिताको उपाधि जितेको छ।

बुढानीलकण्ठ नगरपालिकाको मुख्य प्रायोजनमा सम्पन्न प्रतियोगितामा सर्वाधिक १७ स्वर्ण जित्दै बुढानीलकण्ठ समग्रमा टिम च्याम्पियन बनेको हो। सान्डातर्फ पुरुषमा बुढानीलकण्ठका सुरेन्द्र थापा मगर तथा महिलामा गोकर्णेश्वर उमा कुङफु शाखाकी सोनाम डोल्मा शेर्पा उत्कृष्ट खेलाडी घोषित भएको अन्तर्राष्ट्रिय निर्णायकसमेत रहेका प्रतियोगिता संयोजक उद्धव थापा मगरले जानकारी दिए। सुरेन्द्रले ६०–६५ केजी तथा सोनामले ५०–५५ केजी तौलसमूहमा स्वर्ण जितेका थिए।

प्याटर्नको पुरुषमा गोकर्णेश्वरका फुर्वा दोङ तथा महिलामा बुढानीलकण्ठकी दोहोरो स्वर्ण विजेता अञ्जली गुरुङ उत्कृष्ट खेलाडी चुनिए। नेपाल उमा कुङ्फु संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिता अन्तर्गत फुर्वाले बेर ह्यान्ड स्पर्धामा स्वर्ण जिते। अञ्जलीले दोहोरो स्वर्ण जितिन्। उनले बेर ह्यान्ड र वेपनमा शीर्ष स्थान कब्जा गरिन्। उत्कृष्ट चारैलाई नेपाल उमा कुङ्फु संघले खाना/बस्न सुविधासहित चीनमा निःशुल्क प्रशिक्षणका लागि पठाउने नेपाल उमा कुङ्फु संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामाले जानकारी दिए।

विजेतालाई पूर्वमन्त्री पार्वत गुरुङ र प्रतियोगिता संयोजक उद्धव थापा मगर लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। त्यसअघि प्रतियोगिताको उमा कुङफुका मुख्य प्रशिक्षक दीपक श्रेष्ठले उद्घाटन गरेका थिए। सो अवसरमा डेनमार्कबाट प्राप्त टाइची प्रशिक्षकको प्रमाणपत्र भाइराजा महर्जन र शान्तारत्न तुलाधरलाई हस्तान्तरण गरिएको थियो।

प्रतियोगितामा १ सय ३५ खेलाडीले विभिन्न ४० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिता सञ्चालनका लागि नेपाल उमा कुङफु संघका वरिष्ठ उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सन्जितकुमार राईको नेतृत्वमा १७ सदस्यीय निर्णायक टोली परिचालन गरिएको थियो।

प्रकाशित: ३० फाल्गुन २०७८ ०४:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App