१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

ट्वान्टी–२० क्रिकेट: अगरको ६ विकेट

स्पिनर एस्टन अगरको करियरकै उत्कृष्ट बलिङ प्रेरणाबाट अस्ट्रेलियाले बुधबार तेस्रो ट्वान्टी–२० क्रिकेटमा न्युजिल्यान्डलाई ६४ रनले हराउँदै शृंखलामा पनि पुनरागमन गर्ने संकेत गरेको छ।

एकै ओभरमा तीन विकेट लिएका अगरले कुल ६ विकेट लिँदा अस्ट्रेलियाले तेस्रो खेलमा सहज जित निकाल्दै न्युजिल्यान्डसँगको ट्वान्टी–२० शृंखलामा पुनरागमनको संकेत गरेको हो। यो जितसँगै अस्ट्रेलियाले पाँच खेलको शृंखला २–१ को स्थितिमा ल्याएको छ। 

दुई वर्षपछि ट्वान्टी–२० क्रिकेटमा लयमा देखिएका अस्ट्रेलियाका कप्तान आरोन फिन्चले ६९ रन बनाउँदा ग्लेन म्याक्सवेलले ३१ बलमा ७० रनको आक्रामक इनिङ खेलेका थिए। खराब लयका कारण आलोचना खेपिरहेका फिन्चले राम्रो ब्याटिङ प्रदर्शन गर्दै आपूmमाथिको दबाब कम गरेका छन्।  

फिन्चले आफ्ना स्टार क्रिकेटर डेविड वार्नर, स्टिभ स्मिथ र मिचेल स्टार्कलाई आराम दिए पनि न्युजिल्यान्डविरुद्धको शृंखला जित्ने लक्ष्य रहेको बताएका छन्। ‘हामी सुधार गर्दै छौं र साथै अझै शृंखला जित्ने सम्भावना बाँकी नै छ,’ फिन्चले भनेका छन्। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित २० ओभर नै खेल्दै चार विकेटको क्षतिमा २ सय ८ रनको विशाल योगफल बनाएको थियो।

 जबाफी लक्ष्य पछ्याएको न्युजिल्यान्डलाई १७।१ ओभरमा १ सय ४४ रनमै समेट्न अस्ट्रेलियाका स्पिनर अगर नायक बने। ट्वान्टी–२० क्रिकेटको एकै खेलमा ६ विकेट लिने चौथो खेलाडी बनेका अगर अस्ट्रेलियाका लागि भने पहिलो बलर हुन्।यसअघि दुई खेलमा नायक बनेको जिमी निसम निकै महँगा बलर साबित हुँदा चार ओभरमा ६० रन खर्चिए। ग्लेन म्याक्सवेलले निसमको एकै ओभरमा २८ रन जोडेका थिए।

यसअघि कप्तान फिन्चको खराब लय रहँदा अस्ट्रेलियाको प्रदर्शन पनि राम्रो हुन सकेको थिएन। जसका कारण फिन्चले निकै दबाब सामना गरिरहेका थिए। अस्ट्रेलिया क्रिकेटका पूर्वछनोटकर्ता मार्क वाले पनि फिन्चको नेतृत्वप्रति प्रश्न उठाएका थिए। त्यसैले पनि यसै वर्ष भारतमा हुने  

ट्वान्टी–२० विश्वकपमा फिन्चलाई अस्ट्रेलियाको नेतृत्व दिन हुने या नहुने विषयमा बहस चलिरहेको छ। यद्यपि, वर्तमान छनोट समितिका तीन सदस्यमध्ये एक जर्ज बेलीले भने फिन्च नै अस्ट्रेलियाको कप्तान रहने बताएका थिए। पहिलो बलमै एलबिडब्लु हुनबाट बचेका फिन्चले त्यसको सदुपयोग गर्दै इनिङ उकासे। त्यस क्रममा उनले जोस फिलिपसँग ८३ रनको साझेदारीसमेत गरे।

 साथै उनले सन् २०१८ पछि ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो प्रदर्शनमा पनि सुधार गरे।  यता न्युजिल्यान्डले मार्टिन गप्टिलको ४३ रन र डेभन कनवेको ३८ रनबाहेक ब्याटिङमा खासै राम्रो प्रदर्शन गर्न सकेन। एक समय १२।१ ओभरमा १०९–४ को अवस्थामा रहेको न्युजिल्यान्डले लगातार विकेट गुमाउँदै १७.१ ओभरमै सबै विकेट गुमाएको थियो।

प्रकाशित: २० फाल्गुन २०७७ ०५:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App