१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

फागुन तेस्रो साता विरेन स्मृति चौधौं बि.टी कप सेभेन ए साईड फुटबल

कोरोना भाइरसको त्रासले गरिएको लकडाउनले थलिएको खेलकुद क्षेत्र उठन थालेको छ । पोखरामै राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना भईसकेको छ । भलिबलसँगै फुटबल पनि शुरुवात हुदैं छ । शुरुवातको जमर्को भने बुद्ध टोल युवा क्लबले गर्दै छ । बुद्ध टोल युवा क्लबले अर्को साता विरेन स्मृति सेभेन ए साईड फुटबल प्रतियोगिता आयोजना गर्दै फुटबललाई फर्काउने प्रयास गर्ने छ ।  

क्लबले पोखरा–१ पुरानो टुडिखेलको मैदानमा फागुन १६ देखि २२ गतेसम्म विरेन स्मृति १४ औं संस्करणको बि.टी कप सेभेन ए साईड फुटबल प्रतियोगिता सञ्चालन गर्ने छ । त्यस लगत्तै पुरानो टुडिखेलमै भेट्रान एट ए साईड फुटबल प्रतियोगिता टुंगिएपछि मैदानको स्तरोन्नतिको काम शुरु गरिने छ ।  

सेभेन ए साईड फुटबल प्रतियोगितामा ५० टोलीले प्रतिस्पर्धा गर्ने सम्भावना रहेको प्रतियोगिताका प्रचारप्रसार संयोजक अमृत गुरुङ बताउँछन् । पुरस्कार राशी १ लाख ३२ हजार २ सय २२ रुपैयाँ छ । प्रायोजन भने निरज घलेले गरेका छन् । विदेश बस्दै आएका उनी क्लबका सदस्य हुन् । दोस्रो पुरस्कार राशी ८२ हजार २ सय २२ रुपैयाँ रहेको छ ।  

सेभेन ए साईड फुटबल प्रतियोगितामा सर्वाधिक पुरस्कार राशी मध्येको यो प्रतियोगितालाई प्रथम पुरस्कारको प्रायोजन स्व. विरेन गुरुङ परिवारले समेत गर्दै आएको छ । विरेन गुरुङको स्मृतिमा आयोजना गरिने यो प्रतियोगिता चौथो हो । उत्कृष्ट खेलाडीलाई नगद ५ हजार रुपैयाँ प्रदान गरिने क्लबकी अध्यक्ष विजया गुरुङले सुनाईन् । अनुशासित टोलीलाई ७ हजारले सम्मान गरिदाँ अन्य व्यक्तिगत विधा तर्फ उत्कृष्ठ गोलकिपर, डिफेण्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्तालाई ३÷३ हजार रुपैयाँ प्रदान गरिने छ ।  

प्रकाशित: ८ फाल्गुन २०७७ ०७:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App