१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

इङ्ल्यान्ड १ सय ३४ रनमा समेटियो

 स्पिनर रविचन्द्रन आश्विनको बलिङप्रेरित भारतले इङ्ल्यान्डलाई १ सय ३४ रनमा समेट्दा आइतबार दोस्रो दिनको समाप्तिमा २ सय ४९ रनको अग्रता बनाउँदै दोस्रो टेस्ट जित्ने लक्ष्य राखेको छ।

दोस्रो दिन नै दोस्रो इनिङ सुरु गरेको भारतले ५४ रन जोड्दा रोहित शर्मा २५ रन र चेतेश्वर पूजारा ७ रनमा क्रिजमा छन्। दोस्रो दिनसम्म भारतले पाहुना टोलीमाथि दबाब बनाउँदै चार खेलको टेस्ट शृंखला १–१ को बराबरीमा ल्याउने लक्ष्य राखेको छ। चेन्नईमै सम्पन्न पहिलो टेस्ट भने भारतले गुमाएको थियो। दोस्रो टेस्टको पहिलो इनिङमार्पmत लयमा फर्किएको संकेत गरेका रोहितले १ सय ६१ रन बनाए। रोहित २० रनमा इङ्ल्यान्डका विकेटकिपर बेन फोक्सद्वारा स्टम्पिङ हुनबाट बचेका थिए। त्यसको सदुपयोग गर्दै रोहितले कमजोर सुरुआत गरेको भारतको इनिङलाई राम्रो स्थितिमा पु¥याएका थिए।  

यता, दोस्रो इनिङमा पनि रोहितले भारतीय इनिङ समालिरहँदा अर्का शुभमन गिल दोस्रो इनिङमा पनि असफल भए। पहिलो इनिङमा शून्यमै पवेलियन फर्किएका शुभमन दोस्रो इनिङमा १४ रनमै आउट भए। टिभी रिभ्यु पनि असफल भएपछि गिल पवेलियनको बाटो फर्किएका थिए। आश्विनको पाँच विकेटप्रेरित भारतले पाहुना टोली इङ्ल्यान्डलाई १ सय ३४ रनमै समेटेको थियो। त्यसअघि भारतले ३ सय २९ रन बनाएकाले पहिलो इनिङको समाप्तिमा १ सय ९५ रनको सहज अग्रता लियो। यता इङ्ल्यान्डका सहायक प्रशिक्षक ग्राहम थोर्पेले अहिलेसम्मकै निकै कठिन ब्याटिङ पिच भएको प्रतिक्रिया दिए।

‘खेलाडीहरूले योजनाअनुरूप नै खेल्न सकेनन्,’ थोर्पेले भने। आश्विनले भने तीव्र गतिका बलरलाई जस्तै स्पिनरलाई खेल्दा केही कठिनाइ भएको बताए। आश्विनले ७६औं टेस्ट करियरमा २९ पटक पाँच विकेट लिए। अर्का स्पिनर अक्षर पटेल र तीव्र गतिका बलर ईशान्त शर्माले २÷२ विकेट निकाले। इङ्ल्यान्डको इनिङमा विकेटकिपर फोक्सको ४२ रन नै सर्वाधिक व्यक्तिगत स्कोर रह्यो। फोक्सले उच्च स्तरका स्पिनरसँग खेल्न केही कठिन भएको उल्लेख गर्दै पिचले अनौठो प्रतिक्रिया दिएको बताए। 

प्रकाशित: ३ फाल्गुन २०७७ ०५:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App