१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

फेडेरर र नाडनल नहुनु जोकोभिचलाई अनौठो

युएस ओपन

 सर्बियन स्टार नोभाक जोकोभिच विश्व टेनिसका दुई स्टार रोजर फेडेरर र राफाइल नाडाल आगामी ग्रान्ड स्लाम युएस ओपनमा नहुनु अनौठो लागेको बताएका छन्।

फेडेरर र नाडालसँगको ग्रान्ड स्लाम उपाधि रेकर्डको दूरी घटाउने अवसर पाएका जोकोभिचले समकालीन दुई स्टारबिना युएस ओपन हुनु अनौठो महसुस हुने बताएका हुन्। पुरुषतर्पm सर्वाधिक ग्रान्ड स्लाम विजेता फेडेररले २० उपाधि उचालेका छन् भने नाडाल १९ र जोकोभिचले १७ ग्रान्ड स्लाम उचाल्दा धेरै ग्रान्ड स्लाम जित्ने पुरुष खेलाडीको सूचीमा क्रमशः शीर्ष तीनभित्र अटाएका छन्। सिनसिनाटी मास्टर्स र युएस ओपन खेल्ने जोकोभिच न्युयोर्क आइपुगिसकेका छन्। यसै सेप्टेम्बर ३१ देखि हुने युएस ओपन बिली जिन किङ नेसनल टेनिस सेन्टरमा सञ्चालन हुनेछ।

विश्व नम्बर एक जोकोभिचलाई यी दुवै उपाधिको प्रमुख दाबेदारका रूपमा हेरिएको छ। फेडेरर र नाडालले क्रमशः सन् २०१२ र २०१४ पछि जोकोभिचलाई कुनै पनि ग्रान्ड स्लाममा हराएका छैनन् र उनीहरूको अनुपस्थितिलाई जोकोभिचले पनि अनौठो हुने महसुस गरेका छन्। यदि जोकोभिचले यस पटकको युएस ओपनको उपाधि उचाले भने सर्वाधिक ग्रान्ड स्लाम जित्ने पुरुष खेलाडीको सूचीमा फेडेरर र नाडालसँगको दूरी घटाउनेछन्। हार्ड कोर्टमा जोकोभिचको सानदार रेकर्ड रहँदा आएकाले पनि यस पटक उनलाई प्रमुख दाबेदारको रूपमा लिइएको छ।  

तथापि, कोरोना भाइरसको महामारीका कारण पाँच महिना बन्द रहेको टेनिसमा उनले कसरी लय फर्काउँछन् भन्ने हेर्न बाँकी नै छ। ‘दुई लिजेन्ड (फेडेरर र नाडाल) को अनुपस्थितिप्रति अनौठो महसुस भइरहेको छ। समर्थक र ती लिजेन्डबिनाको खेल कस्तो होला ? उनीहरूको अभाव खड्किनेछ,’ जोकोभिचले भने, ‘यस्तो अवस्थामा पनि टेनिस खेल्नुको कारण म आफ्नो व्यावसायिक करियरलाई अभैm माथि बढाउन चाहन्छु। यो नै मुख्य कारण भने होइन, तर कयौंमध्ये एक हो।’

जोकोभिचको संलग्नता भएको एड्रिया टुर (प्रदर्शनी खेल) मा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनको व्यापक विरोध भएको थियो। उक्त प्रदर्शनी खेलमा तीन खेलाडीसहित उनका प्रशिक्षक गोराना इभानिसेभिच र पत्नी जेलिनामा कोरोना पुष्टि भएको थियो। यद्यपि, जोकोभिचले आफ्नो लक्ष्य पवित्र रहेको र उनलाई एक हूलले लक्षित गरेर भ्रम पैmलाएको बताएका थिए। 

प्रकाशित: ७ भाद्र २०७७ ०३:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App