१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

आर्मीको संघर्षपूर्ण जित

दमक - शिवसताक्षीको झिलझिलेमा जारी प्रतियोगितामा पाहुना टोली मानेभन्ज्याङ फुटबल क्लबलाई २–१ ले  पराजित गर्दै त्रिभुवन आर्मी क्लब तेस्रो सताक्षी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

दार्जिलिङको मानेभन्ज्याङविरुद्ध आर्मीले सुरुमा अग्रता लिए पनि जितका लागि अन्तिम समयुम्मसम्म संघर्ष गर्नुपर्‍यो।  आर्मीका टेकबहादुर बुढाथोकीको दुई गोल मद्दतमा आर्मी अन्तिम चारमा प्रवेश गरेको छ। यसअघि खेलको छैटौँ मिनेटमा पहिलो गोल गर्दै बुढाथोकीले टोलीलाई अग्रता दिलाएका थिए। आर्मीको पहिलो हाफको अग्रतालाई रोक्दै मानेभन्ज्याङले खेलको ४७औँ मिनेटमा गोल गर्दै पुनरागमन गर्‍यो। मानेभन्ज्याङका रैकेत बुअमले प्रहार गरेको उत्कृष्ट फ्रिकिक गोलमा परिणत भएको थियो। उनको प्रहारले सीधै जाली चुमेको थियो। उनको गोलसँगै मानेभन्ज्याङ बराबरीमा आयो। तर, थप समयको अन्तिम मिनेटमा आर्मीका बुढाथोकीले दोस्रो गोल गर्दै आर्मीको जित निश्चित गरे।

टेकबहादुर बुढाथोकीको दुई गोल मद्यतमा आर्मि अन्तिम चारमा प्रवेश गरेको छ ।

खेलको म्यान अफ दी आर्मीका सेसेहाङ आङ्देम्बे घोषित भए। उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे। तेस्रो संस्करणको सताक्षी गोल्डकपमा मनाङ मर्स्याङ्दि क्लब, थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, मच्छिन्द्र फुटबल क्लब, गोर्खा ब्वाइज फुटबल क्लब, बेलबारी फुटबल क्लब मोरङ, आयोजक टोली र भारत दार्जिलिङको एमएफसी सहभागी छन्। सतासीधाम स्पोर्टिङ क्लबको आयोजना गरेको प्रतियोगिताको विजेताले ६ लाख नगद पाउनेछ भने उपविजेताले ३ लाख पाउनेछ। सताक्षी गोल्डकपको पहिलो संस्करणको उपाधि नेपाल पुलिस क्लब र दोस्रो संस्करणको उपाधि त्रिभुवन आर्मीले जितेका थिए।

प्रकाशित: ७ फाल्गुन २०७६ ०१:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App