१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

जितगढी क्रिकेट क्लबलाई सफलता

भैरहवा - जितगढी क्रिकेट क्लब बेलबासले भैरहवामा जारी नेपाल टेलिकम रूपन्देही सुपर लिग डिभिजन ‘ए’ अन्तर्गत बुधबार सम्पन्न समूह ‘सी’ को खेलमा  देवदह क्रिकेट युनिटलाई १ सय १६ रनले पराजित गरेको छ।

टस जितेर ब्याटिङ रोजेको जितगढी क्रिकेट क्लबले निर्धारित ३२ ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको थियो। १ सय ७३ रनको लक्ष्य पाएको देवदह क्रिकेट युनिटले २२ दशलमव ५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ५६ रन मात्र बनाउन सक्यो। जितगढीका लागि सन्दीप सुनारले ५४ बलमा ४८, सरोज पौडेलले ३५, महेश रानाले २७ रनको योगदान गरे। बलिङतर्फ देवदहका सुरज दरईले ३, विकास श्रेष्ठले २ एवम् गौतम केसी र हेमराज पौडेलले १/१ विकेट लिए।

जबाफमा खेलेको देवदह क्रिकेटका लागि प्रेम श्रेष्ठले सर्वाधिक २३, खोम पाण्डेले १३ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सफल भएनन। बलिङतर्फ जितगढीका सन्दीप सुनार र अनिल खरेलले ३÷३ विकेट लिए भने अर्जुन गिरीले २ र विक्रम भुसालले १ विकेट लिए। बुधबार भएको खेलमा जितगढीका सन्दीप सुनार म्यान अफ दी म्याच भए। उनलार्ई रूपन्देही क्रिकेट संघका सदस्य खेमराज भुसालले नगद रु एक हजारसहित पुरस्कृत गरे । बिहीबार गु्रप ‘बी’अन्तर्गतको तिरुपति क्रिकेट क्लब भैरहवा र न्यु होराइजन क्रिकेट क्लब बुटवलबीच खेल हुनेछ ।

प्रकाशित: ९ माघ २०७६ ०१:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App