१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

सावित्रा र अनिता भारततर्फ

काठमाडौं – अघिल्लो सिजन सेथु क्लवबाट भारतीय महिला फुटबल लिग (आइएल) मा प्रभावशाली प्रदर्शन गरेका नेपाली खेलाडीद्वय सावित्रा भण्डारी र अनिता बस्नेत मंगलबार नयाँ सिजनका लिगका लागि मंगलबार भारततर्फ प्रस्थान गरेका छन्।

नेपाली राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी र  मिडफिल्डर अनिताले नयाँ सिजनमा भारत प्रस्थान गरेका हुन्। अघिल्लो लिगमा सेथु क्लबाट लिग खेलेका दुवैले यो सिजन भने फरक फरक क्लबबाट खेल्ने भएका छन्। सावित्राले नयाँ सिजनमा अर्को टोली गोकुलम केराला एफसीबाट खेल्नेछिन् भने गत सिजन सेथुबाट खेलेकी अनिताले सोही क्लबलाई निरन्तरता दिँदै छन्।

भारतीय महिला लिग शुक्रबारदेखि सुरु हुँदै छ। भारतीय फुटबल संघले आयोजना गर्ने लिगमा १२ क्लबले प्रतिस्पर्धा गर्नेछन्। आयोजकले सहभागी १२ क्लबलाई दुई समूह विभाजन गरी लिग कम नकआउट प्रणालीमा  प्रतियोगिता सञ्चालन गर्नेछ। सावित्राले खेल्ने क्लब गोकुलम समूह ‘बी’ मा रहेको छ भने साबिकको च्याम्पियन अनिताको क्लब सेथु समूह ‘ए’ मा छ। प्रतियोगितामा शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

उपाधि जित्ने क्रममा उत्कृष्ट खेल प्रदर्शन गरेकी सावित्राले अघिल्लो सिजन सेथुका लागि एक्लै १५ गोल पूरा गरेकी थिइन् भने अनिताले एक गोल गरेकी थिइन्। पहिलो रोजाइमा पर्ने सावित्राको स्थानमा अनिता वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश पाएकी थिइन्।

प्रकाशित: ८ माघ २०७६ ०१:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App