काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई १६४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीतिपूरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले ब्याटिङ गर्ने निर्णय गरेको थियो। नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६३ रन जोड्यो। करण केसीले अविजित रहँदै सर्वाधिक ४० रन बनाए।
उपकप्तान दिपेन्द्र सिंह ऐरीले ३९, बिनोद भण्डारी र कप्तान ज्ञानेन्द्र मल्लले समान १९–१९ रन बनाए। खेलमा आरिफ शेखले १७, पारस खड्काले ११ र रोहित पौडेलले १० रनको योग्दान दिए।
माल्दिभ्सका लिम शफिगले ३ तथा अमील मौरुफले २ विकेट हात पारे। स्वर्णका लागि आजको खेल नेपाललाई जित्नै पर्ने दबाव छ। लक्ष्य प्राप्तीका लासग माल्दिभ्सले अहिले व्याटिङ गरिहेको छ।
प्रकाशित: २० मंसिर २०७६ ०९:०३ शुक्रबार