१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

१३ औं सागः पत्रकारले तोकिएको स्थानबाट फोटो खिच्न पाउने

काठमाडौं- १३ औं दक्षिण एशियाली खेलकुद (साग)को फोटो पत्रकाहरुले ताेकिएकाे स्थानमा बसेर छायाँकन गर्न पाउने भएका छन्। खेलको प्रत्यक्ष प्रशारण गर्ने अधिकार भारतको एन.के मिडिया भेन्चर प्रालीलाई दिएर चर्को विरोध आएपछि त्यस सम्झौतालाई असर नपर्ने गरी छायाँकन गर्न दिने भएको हो।

ओलम्पिक कमिटीले मंगलबार जारी गरेकाे विज्ञप्तिमा भनिएको छ ‘प्रत्यक्ष प्रशारण गर्न नपाइने र कुनै पनि व्यवसायिक प्रयोजनमा प्रयोग गर्न नपाउने गरी टेलिभिजन समाचारमा एक मिनेट मात्र प्रशारण गर्न पाइने छ।’ त्यसका लागि ओलम्पिक कमिटीबाट वितरण गरिएको एक्रिदिएसन कार्ड भएको फोटो पत्रकारहरुले खेलस्थलको तोकिएको स्थानमा रहि छायाँकन गर्न पाउने विज्ञप्तिमा उल्लेख छ।

मंसिर १५ गतेदेखि २४ गतेसम्म काठमाडौं–पोखरा–जनकपुरधाममा आयोजना हुँदैछ।

प्रकाशित: १० मंसिर २०७६ १४:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App