१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

पोखराको सान्त्वना जित

काठमाडौं – निकै खराब ब्याटिङ सुरुआत गरेको पोखरा पल्टन्सले चौथो विकेटका लागि कीर्तिमानी साझेदारी पाएपछि जारी वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) क्रिकेटमा सान्त्वना जित निकालेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा सोमबारको लिगको अन्तिम खेलमा ललितपुर फाल्कोन्सलाई ६ विकेटले हराउँदै पोखराले सान्त्वना जितसहित यस प्रतियोगिताको अन्त्य गरेको हो। १ सय २३ रनको मध्यम लक्ष्य पछ्याएको पोखराले ४ विकेटको क्षतिमा १७.२ ओभरमै पूरा ग-यो।

पोखरा एक समय खातामा ५ रन हुँदा तीन विकेट गुमाइसकेको नाजुक स्थितिमा थियो। तर, चौथो विकेटका लागि विन्दु रावल र कविता कुँवरको कीर्तिमानी १ सय ६ रनको साझेदारी पाएपछि पोखराले १६ बलअगावै सफलता निकाल्यो। विन्दु र कविताको यो साझेदारी कुनै पनि विकेटका लागि यस प्रतियोगिताकै सर्वाधिक योगफलको हो।

ललितपुरको बलिङमा कप्तान नेरी थापा र ममता चौधरीले समान २÷२ विकेट लिए पनि आफ्नो टोलीको हार टार्न सकेनन्।

विन्दु ४० रनमा चौथो विकेटका रूपमा पवेलियन फर्किइन्। नेरी थापाद्वारा आउट हुनुअघि विन्दुले ४४ बलमा चार चौका प्रहार गरिन्। कविता भने ६१ रनमा अविजित रहिन्। अञ्जली चन्दले ५ रनमा अविजित रहँदै कवितालाई साथ दिइन्। ४२ बल खेलेकी कविताले १० चौका हिर्काइन्।
त्यसअघि पोखराको निकै खराब सुरुआत हुँदा दोस्रो ओभरको दोस्रो बलमा कप्तान एवम् ओपनर सीता रानामगर १ रनमा र तेस्रो ओभरको अन्तिम बलमा अर्का ओपनर रेवती धामीलाई १ रनमै गुमायो। त्यसपछि ब्याटिङ गर्न आएकी रुबी पोदार पनि खाता नखोल्दै पवेलियन फर्किएपछि पोखराको इनिङ धराशयी बन्यो।

यद्यपि, विन्दु र कविताले अनुशासित ब्याटिङ गर्दै पोखरालाई प्रतियोगितामा जितविहीन हुनबाट जोगाए। ललितपुरको बलिङमा कप्तान नेरी थापा र ममता चौधरीले समान २/२ विकेट लिए पनि आफ्नो टोलीको हार टार्न सकेनन्। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २२ रनको मध्यम योगफल बनायो।

ललितपुरले पनि निकै खराब सुरुआत गर्दा दुई ओभरभित्र नै ओपनरद्वय गीता गोसाई र रोशनी बोहोरालाई समान १ रनमा गुमाएको थियो। यद्यपि, तेस्रो नम्बरमा ब्याटिङ गर्न आएकी ममता चौधरीले नटआउट ५२ रन बनाउँदै ललितपुरको इनिङ उकासिन्। अर्को छेउबाट लगातार गुम्दा ललितपुरका भरपर्दा खेलाडीसमेत रहेकी कप्तान नेरी थापा ८ रन र करुणा भण्डारी १ रनमै पवेलियन फर्किएकी थिइन्।

तर, सातौं नम्बरमा ब्याटिङ गर्न आएकी कविता जोशीले पाँचौं विकेटका लागि ममतालाई साथ दिँदै ५१ रनको साझेदारी गरिन्। सीता रानामगरको बलमा आउट हुनुअघि कविताले २३ बलमा ६ चौकासहित ३१ रनको योगदान दिइन्। नटआउट रहेकी ममताले भने ५१ बलमा सात चौका प्रहार गर्दै ललितपुरको इनिङ उकासेकी थिइन्।

पोखराको बलिङमा सीता रानामगरले दुई विकेट लिँदा अञ्जली चन्द, नवीना खड्का र राजमती ऐरीले समान १÷१ विकेट लिए। पाँच टोली सहभागी फ्रेन्चाइज लिगको चौथो तथा अन्तिम खेलमा जित निकाल्दै पोखराले यस प्रतियोगितामा सुखद अन्त्य ग¥यो। यता, लगातार चौथो खेलमा पनि पराजय भोगेको ललितपुर फाल्कोन्स जितविहीन रहँदै प्रतियोगिताको अन्त्य गर्न बाध्य भयो।

लिगमा अपराजित एक मात्र टोली चितवन राइनोज फाइनलमा पुग्दा क्याट क्विन्स काठमाडौं चार खेलमा तीन जितका साथ दोस्रो स्थानमा र विराटनगर टाइटन्स दुई जितसहित तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेका छन्। काठमाडौं र विराटनगरले फाइनल प्रवेशका लागि मंगलबार एकअर्काबीच चुनौती प्रस्तुत गर्नेछन्।

प्रकाशित: ५ कार्तिक २०७६ ०२:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App