१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

चार स्थानीय तहलाई सफलता

सिन्धुपाल्चोक - जिल्लामै सर्वाधिक पुरस्कार राशिको कालिकादेवी संस्थापक कप भलिबल प्रतियोगिताको पहिलो दिन  चार स्थानीय तहले सफलता हासिल गरेका छन्। चौताराको देउरालीमा आइतबार सम्पन्न खेलमा चौतारा साँगाचोकगढी, मेलम्ची, इन्द्रावती र हेलम्बु गाउँपालिका विजयी भएका हुन्।

प्रतियोगिताको उद्घाटन खेलमा चौताराले पाँचपोखरी थाङपाल गाउँपालिकालाई सोझो सेटमा हरायो। पाँचपोखरीलाई २०–२५ र १८–२५ मा हराउँदा चौताराका रमेश श्रेष्ठ म्यान अफ दी म्याच बने। दोस्रो खेलमा इन्द्रावतीले सुनकोसीलाई २५–११, २५–११ कै सोझो सेटमा पराजित ग¥यो। इन्द्रावतीका विक्रम तामाङ म्यान अफ दी म्याच घोषित भए।

त्यस्तै अर्को खेलमा मेलम्चीले बलेफी गाउँपालिकालाई २५–९, २५–९ को सोझो सेटमा हरायो। मेलम्चीका कृष्ण तामाङ म्यान अफ दी म्याच बने। मनोज तामाङले म्यान अफ द म्याच प्रदर्शन गरेको अन्तिम खेलमा हेलम्बुले जुगल गाउँपालिकालाई २५–११, २५–११ कै सोझो सेटमा हरायो। शनिबार हुने खेलबाट अन्तिम चारको टुंगो लाग्नेछ।

कालिकादेवी माविले आयोजना गरेको प्रतियोगिताको उद्घाटन नेकपाका नेता अग्नि सापकोटाले गरेका थिए।
 
 

प्रकाशित: १३ आश्विन २०७६ ०३:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App