१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

जोकोभिक र फेडेरर तेस्रो चरणमा

वासिङ्टन – साबिक विजेता नोभाक जोकोभिच र रोजर फेडेरर युएस ओपनको तेस्रो चरणमा प्रवेश गरेका छन्। बुधबार भएको खेलमा सर्बियाका जोकोभिचले कुमको चोटका बावजुद अर्जेन्टिनाका युहान इनासियो लोन्डेरोलाई ६–४, ७–६ (७÷३), ६–१ ले पराजित गर्दै अन्तिम ३२ मा प्रवेश गरेका हुन्।

‘कुमको चोटका कारण मेरो सर्बिस र ब्याकह्यान्डमा असर परेको थियो,’ ५ पटक सर्बिस गुमाएका जोकोभिचले भने, ‘मैले खेलजीवनमा यस्तो अनुभव यसअघि कहीं कतै पाएको थिइनँ। मलाई खेल समाप्त पार्न कठिन परेको थियो। अन्ततः सुखद नतिजाका साथ खेलको अन्त्य भयो।’

त्यस्तै विश्व नम्बर ३ फेडेररले पहिलो सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै तेस्रो चरणमा स्थान सुरक्षित गरेका हुन्। फेडेररले दामिर दुमहुरलाई ३–६, ६–२, ६–३, ६–४ ले निराश पारे। यता २४औं ग्रान्ड स्लामको कीर्तिमान बराबरी गर्ने लक्ष्यमा रहेकी सेरेना विलियम्सले अमेरिकाकी १७ वर्षे क्याटी म्याकनालेलाई ५–७, ६–३, ६–१ ले निराश पार्दै अघिल्लो चरणमा स्थान पक्का गरिन्।

‘मैले गल्ती सुधार्न आवश्यक छ। मैले  पहिलो दुई सेटमा धेरै गल्ती गरें। यस्तो गल्तीले कुनेै पनि प्रतियोगिता जित्न सकिन्न। मलाई अझै सुधारिएको प्रदर्शन गर्नुपर्छ भन्ने थाहा छ  र त्यो गर्न सक्नेमा पनि म विश्वस्त छु,’ विलियम्सले भनिन्।

 

 

 

 

प्रकाशित: १३ भाद्र २०७६ ०३:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App